१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अगाडि आए भुवन

काठमाडौं- भुवन नगरकोटीले बुधबार ३ अन्डर ६९ खेल्दै सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा १८ होलको खेल बाँकी रहँदा शीर्ष स्थानमा फड्को मारेका छन्। गोकर्ण गल्फ क्लबमा बुधबारको प्रदर्शनपछि भुवनको कुल स्कोर ४ अन्डर २ सय १२ भएको छ। जुन दोस्रो स्थानका सञ्जय लामाको भन्दा दुई स्ट्रोक कम हो। सञ्जयले पनि बुधबार ३ अन्डर ६९ कै कार्ड बनाएका थिए। अग्रस्थानमा रहेर दिनको खेल सुरु गरेका रवि खड्काको प्रदर्शन अचानक खस्किँदा उनी तेस्रो दिन ५ ओभर ७७ को स्कोरमा समेटिएका थिए। समग्र स्कोर इभन पार २ सय १६ का साथ रवि नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठसँग संयुक्त तेस्रो स्थानमा छन्। शिवरामले बुधबार इभन पार ७२ खेलेका थिए। 

४ ओभर ७६ खेलेका रमेश अधिकारी (२ ओभर २ सय १८) एमेच्योरतर्फ अग्रस्थानमा रहेका टासी छिरिङसँगै संयुक्त पाँचौं स्थानमा छन्। टासीले बुधबार २ ओभर ७४ स्कोर गरेका थिए। यसैगरी २ ओभर खेल्ने अर्का व्यावसायिक खेलाडी जयराम श्रेष्ठ (२२०) सातौं स्थानमा छन्। यसैगरी भेट्रान गल्फरद्वय रमेश नगरकोटी (२२३) र दीपक मगर (२२५) पनि शीर्ष १० मा समेटिएका छन्।

एमेच्योरतर्फ टंक कार्की टासीभन्दा चार स्ट्रोकले पछि रहँदै दोस्रो स्थानमा छन् भने पृथ्वी मल्ल तेस्रो स्थानमा छन्।

मंगलबारको कट (अन्तिम दुई दिनका लागि गरिने छनोट) मा सफलता हासिल गर्ने २१ व्यावसायिक र ६ एमेच्योर खेलाडीबीच बिहीबार हुने प्रतिस्पर्धाले उपाधिको छिनोफानो गर्नेछ।

प्रकाशित: २३ असार २०७३ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App