१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

तामाङ दिदी–भाई फाइनलमा

काठमाडौं- त्रिभुवन आर्मी क्लबका नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङले बुधबार एपिएफका प्रिन्स दाहालमाथि सहज जित हासिल गर्दै १३ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेका छन्।

सेमिफाइनलमा आयोजक एपिएफका प्रिन्समाथि २१–१०, २१–१४ को सोझो सेटमा जित हासिल गरेका साबिक विजेता रत्नजीतले उपाधि रक्षाको अभियानमा आफ्नै क्लबका नवीन श्रेष्ठसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नवीनले नेपाल पुलिस क्लबका गौतम कठायतमाथि २१–१३, २१–१४ को सेटमा जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए। 

महिला एकलतर्फ रत्नजितकी दिदी नङसलदेवी तामाङ र एपिएफकी शिक्षा श्रेष्ठले फाइनलमा एक–अर्काविरुद्धको भिडन्त पक्का गरेका छन्। बुधबार सम्पन्न सेमिफाइनलमा त्रिभुवन आर्मी क्लवकी नङसलादेवीले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१३, २१–१० को अन्तरमा हराइन भने शिक्षाले आर्मीकी मेघा चन्दलाई २१–६, २१–१८ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा आइतबार सुरु भएको प्रतियोगिताअन्तर्गत १७ वर्षमुनीको पुरुष एकलमा बुधबार आर्मीका प्रफुल्ल महर्जनले एपिएफका प्रिन्समाथि विजय हासिल गरे। तीन सेटसम्म चलेको प्रतिस्पर्धामा प्रफुल्लले १२–२१, २५–२३, २१–१७ को नतिजा नकिालेका थिए।

यसैगरी ३५ वर्षमाथिको मास्टर्स पुरुष युगलमा पुलिसका गणेश चन्द र कृष्ण सिवाकोटीको जोडीले एपीएफका नारायणदत्त पौडेल र राजु गौतमको जोडीलाई २१–१८, २१–१८ ले पराजित गरे।

यसैगरी मिश्रित युगलतर्फ आर्मीका नङशलादेवी र रत्नजीतको जोडीले एपीएफका इन्द्रबहादुर महता र पुजा श्रेष्ठको जोडीलाई २१–१६, २१–१३ ले निराश पार्‍यो।

४५ वर्षमाथि भेन्ट्रान्स युगलमा अन्नपूर्ण व्याडमिन्टन क्लबका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीले आर्मीका सुवास श्रेष्ठ र भूमिबहादुर गुरुङको जोडीलाई २१–१६, २१–१५ को नतिजामा हराउँदा

पुरुष युगलमा आर्मीका रत्नजित र नवीनको जोडीले आफ्नै क्लबका सुरज महर्जन र राम राईको जोडीलाई २१–१६, २१–२३ तथा एपीएफका विजित थापामगर र विशाल प्रधानको जोडीले आफ्नै क्लबका सुमन लिम्बु र सुदिप सेढाईको जोडीलाई २२–२०, १४–२१, २१–८ को नतिजामा हराउँदै फाइनलनमा प्रवेश गरेका छन्।

प्रकाशित: २० माघ २०७३ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App