१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शशांककाे रक्तचाप र अक्सिजन स्तर सुधार, अझै भन्न सकिन्नः चिकित्सक

काठमाडाैं– गम्भीर खालको निमोनिया पीडित कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको रक्तचाप र अक्सिजनको मात्रा पछिल्लो केही घण्टादेखि सन्तुलिन देखिएको छ । चिकित्सकहरुका अनुसार ब्रेनको रेस्पोन्स (बोलाउँदा आँखा खोल्ने, हात चलाउँने प्रयास) मा पनि केही सुधार देखिएको छ ।

उपचारमा संलग्न चिकित्सक डा.लव जोशीका अनुसार दिनभर ९० हाराहारीमा रहेको रक्तचाप अहिले सुधार भएर ११० देखि १२० को तहमा कायम रहेको छ । भेन्टिलेटरको सहायतमा अक्सिजनको स्याचुरेसन पनि ९० कै हाराहारीमा कायम छ । तर उपचारमा संलग्न चिकित्सक डा.लव जोशीले यो सुधार सकारात्मक भएपनि खतरामुक्तको अवस्था नभएको बताए । ‘यो औषधि र भेन्टिलेटरको सहायतामा हो, यो औषधि विस्तारै घटाउँदै लैजादा पनि काम हुनुपर्छ,’ जोशीले भने।

उनले विहीबार विहानसम्मको अवस्था हेरेर मात्रै मेडिकल टोलीले एउटा निर्णय दिनसक्ने भन्दै अहिले जोखिम नघटेको दोहोर्याए ।
 

 

प्रकाशित: २२ असार २०७३ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App