१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

शीर्ष स्थानमा सेरेनाको पुनरागमन

पेरिस(एएफपी)– अस्ट्रेलियन ओपन विजेता सेरेना विलियम्सले सोमबार विश्व महिला वरियताक्रमको शीर्ष स्थानमा जर्मनीकी एन्जेलिक केर्बेरलाई स्थानान्तरण गरेकी छिन् ।

मेलबर्नमा आफ्नै दिदी मेनसमाथि ६–४, ६–४ को फाइनल जित हासिल गर्दै अस्ट्रेलियन ओपनको उपाधिसँगै वरियताक्रमको शीर्ष स्थानमा कव्जा जमाएकी हुन् । आइतबार मेलबर्नमा जितेको उपाधि ग्रान्ड स्लाममा सेरेनाको व्यक्तिगत २३ औं उपाधि थियो । सर्बाधिक ग्रान्ड स्लाम जित्ने कीर्तिमान बनाएकी सेरेनाले शीर्ष स्थानमा फर्किन सक्दा आफू अत्यन्तै खुसी भएको बताएकी छिन् ।

‘लामो समयपछि फेरी शीर्ष स्थानमा पुगेकी छु । मेलबर्नको प्रतियोगिता मेरा लागि निकै रमाइलो रहयो। ग्रान्ड स्लाममा २३ उपाधि आफैमा अनुपम सफलता हो । यसले मलाई शीर्ष स्थानमा पनि फर्काएको छ । त्यसैले यो मेरा लागि विशेष छ,’ सेरेनाले भनिन, ‘यसक्रममा मलाई साथ र समर्थन दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

अस्ट्रेलियन ओपनमा उपाधि रक्षा गर्ने अभियानका साथ मेलबर्न भ्रमणमा निस्केकी जर्मन स्टार केर्बेरको यात्रा अन्तिम १६ मा कोको भेन्डेवेग्हेले टुंगाएकी थिइन । मेलबर्नमा सफलतालाई निरन्तरता दिन असफल भएपछि केर्बेर महिला विश्व वरियताक्रमको दोस्रो स्थानमा झरेकी छिन् । उनलाई अन्तिम १६ मा पराजित गर्ने अमेरिकी खेलाडी भेन्डेवेग्हे भने १५ स्थानको फड्को मार्दै २० औं स्थानमा उक्लिएकी छिन् ।

मेलबर्नमा क्वार्टरफाइनलसम्मको यात्रा गरेकी क्यारोलिना प्लिसकोभा दुई स्थानको सुधार गर्दै तेस्रो स्थानमा पुगिन ।

डब्लुटिएले सोमबार जारी गरेको वरियताक्रमको चौथो स्थानमा रोमानियकी सिमोना हालेप कायम छिन भने स्लोभाकियाकी डोमिनिका सिबुल्कोभा पाँचौं स्थानमा छिन् । यसैगरी तेस्रो स्थानकी पोलिस खेलाडी एग्निस्का राड्वान्स्का छैटौं स्थानमा झर्दा स्पेनकी गार्बिन मुगुरुजा सातौं स्थानमा कायम छिन् । रुसकी स्येट्लाना कुज्नेत्सोभा दुई स्थानको सुधार गर्दै आठौं स्थानमा उक्लिँदा बेलायतकी योहाना कोन्टा नवौं स्थानमा झरेकी छिन् । त्यस्तै भेनस १० औं स्थानमा पुगेकी छिन्।

प्रकाशित: १९ माघ २०७३ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App