१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनावको मिति घोषणा गरे सरकारसँग सम्बन्धविच्छेद गर्ने मोर्चाको चेतावनी

काठमाडौं- सद्‍भावना अध्यक्षा तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने चेतावनी दिएका छन्। रिपोर्टस क्लबमा बोल्दै महतोले त्यसको विरुद्धमा आन्दोलनमा जाने चेतावनी समेत दिए।

उनले भने,‘विभेदकारी संविधान संशोधन नभईकन चुनावको मिति घोषणा गरे, हामी त्यसलाई कुनै हालतमापनि मान्दैनौं, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरेर हामी आन्दोलनमा जान्छौं, सरकारसँगको सम्बन्धविच्छेद गर्छों।’ महतोले जनताका मागहरु पूरा नगरीकन जबरजस्ती चुनाव गर्न खोजिए त्यो कदापि हुन नदिने चेतावनी दिए। ‘अब नो लटरपटर, पहिला परिमार्जनसहित संशोधन पास हुनुपर्छ, उनले थपे।’

संविधान संशोधन नभईकन चुनावको मिति घोषणा गरे, हामी त्यसलाई कुनै हालतमापनि मान्दैनौं, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरेर हामी आन्दोलनमा जान्छौं, सरकारसँगको सम्बन्धविच्छेद गर्छों

महतोले परिवर्तनका एजेण्डाहरु सडकबाट आएका उल्लेख गर्दै भने,‘यो देशमा परिवर्तनका एजेण्डाहरु सडकबाट आएका हुन्, संघीयता र गणतन्त्र कसको एजेण्डा हुन्, सडकको मत लिएको होईन र?’

उनले अहिलेका प्रमुख दलहरु अन्तरिम संविधानबाटपनि पछि हटेको आरोप लगाए। महतोले थपे,‘अब बेइमानी चल्दैन, यो चुनाव/सुनाव देखाएर केही हुनेवाला छैन, चुनावको नाम जोडेर हामीलाई कसैलेपनि लोकतन्त्रको पाठ नपढाए हुन्छ?’ उनले प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले मधेसी जनताको अधिकारमा डकैती गरेको समेत आरोप लगाए।

महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले धेरै बेईमानी गरिरहेको आरोप लगाउँदै भने,‘एमालेले धेरै बेईमानी गर्यो क्या, तर यसको हिसाबकिताब जनताले दिन्छन्, त्यसैको तयारी स्वरुम अहिले एमालेमुक्त मधेस बनाउने कुरा पनि भैरहेको छ क्या।’ यद्धपी उनले काँग्रेस र माओवादी केन्द्रको भने बुद्धि आएको तर्क गरे।

त्यस्तै महतोले संविधान कार्यान्वयनको लागि निर्वाचन गर्नुपर्छ भनेर एमालेले ढोल पिटिरहेको समेत गुनासो पोखे। स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको जिकिर गर्दै त्यसलाई परिमार्जन गर्नुपर्ने उनले माँग गरे। उनले थपे,‘पूर्नसंरचनाको नाममा फेरि मधेसमा नयाँ ढंगले विभेद सूरु गरिएको छ, यो हामी मान्दैनौं, मधेशमा ५१ प्रतिशत जनसंख्या छ, तर २५ प्रतिशतपनि दिईएको छैन।’

स्थानीय तहको पूर्नसंरचना भद्रगोल रहेको कुरा नुवाकोटको आन्दोलनले नै पुष्टि गरिसकेको उनको दाबी थियो। उनले भने,‘हेर्दै जानुहोस्, यस्तै हो भने नुवाकोटको जस्तो घट्ना ७५ जिल्लामै दोहोरिन्छ, नुवाकोटमा त गोली नै चल्यो, अब त्यो गोली कहाँ कहाँ चलाउने हो ?’ उनले पूर्नसंरचना गर्दापनि पूर्वाग्रही राखेको आरोप लगाए।

त्यस्तै उनले राजा महेन्द्रले महेन्द्र राजमार्ग निर्माण गर्दा मधेसमा षड्यन्त्र गरेजस्तै अहिले रेलवेको नाममा अर्को नयाँ ढंगको षडयन्त्र गर्न लागिएको भन्दै हाईवे र सिमानाकोवीचबाट रेलवे मार्गको डिपीआर गर्नुपर्ने माँग गरे। उनले थपे,‘यस्तै विभेद गरिरहने हो भने विष्फोट हुन्छ।’

प्रकाशित: १८ माघ २०७३ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App