१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

अष्ट्रेलियामा नेपाली आमा र उनकी तीन वर्षीय छोरीको मृत्यु

अामा छोरी मृत भेटिएपछि अनुसन्धानका लागि एस्कानासे एभेन्युतर्फ गइरहेकी एक फोरेन्सिक विज्ञ। तस्विर सौजन्यः द एज डट कम डट एयु

काठमाडौं— अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएकी एक नेपाली महिला छोरी सहित मृत भेटिएकी छिन्। भिक्टोरिया प्रहरीलाई उदृत गर्दै स्थानीय मिडियाले उल्लेख गरेअनुसार ३९ वर्षे आमा तथा उनकी ३ वर्षीया छोरी मृत भेटिएका हुन्।

आइतबार साँझ पास्को भेल भन्ने ठाउँको एस्कानासे एभेन्युमा रहेको घरमा उनीहरुको शव भेटिएको थियो। घटनाको कारण थाहा हुन नसकेको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

आइतबार साँझ पास्को भेल भन्ने ठाउँको एस्कानासे एभेन्युमा रहेको घरमा उनीहरुको शव भेटिएको थियो। घटनाको कारण थाहा हुन नसकेको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

स्थानीय मिडिया द एज का अनुसार छिमेकीले सो घरमा असामान्य कोलाहाल देखेपछि घटनाबारे थाहा पाएका थिए। सो अनलाइनले मृतक महिलाका श्रीमान भारतीय रहेको जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको भन्दै मृतक महिला तथा बालिकाको नाम सार्वजनिक गरेको छैन।

प्रकाशित: १८ माघ २०७३ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App