१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जुनियर टोलीले जापानमा खेल्ने

पोखरा- नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व खेलाडी बसन्त गौचनको पहलमा नेपालको यु–१२ व्वाइज फुटबल टोली जापान जाने भएको छ। नेपाली जुनियर टोलीले जापानमा कोपा तोरेरस फुटबल प्रतियोगितामा भाग लिनेछ। १२ सदस्यीय जुनियर टोली मार्चको अन्तिम साता जापान जाने तयारीमा रहेको छ। नेपाली फुटबलको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले जुनियर खेलाडीलाई अवसर दिएको गौचनले बताए। तोरेरस फुटबल प्रतियोगिता जापानको फन रुट्स एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको छ। गौचनले दुइ वर्ष देखी फन रुट्सको प्रशिक्षकको रुपमा काम गर्दै आएका छन।

प्रतियोगितामा सहभागि हुनको लागी जुनियर टोलीको खर्च जापानी नेपाली संस्था र व्यक्तीहरु संग मिलेर च्यारिटी मार्फत संकलन गरेको गौचनले बताए।

उनले भने, 'नेपाली खेलाडी जापान लैजानु चुनौती छ। तर नेपाली संस्थाले यसमा सहयोग गरिरहेको छन। फन रुट्सकै अध्यक्षले समेत नेपाली खेलाडीको क्षमता देखेका कारण पुन सहभागि हुन निम्तो दिएको हुन।'

उनले थपे, 'नेपाली फुटबलर भएको नाताले मलाई खुसी लागेको छ। नेपाली खेलाडीले नयाँ अवसर पाएको छन्।'

जुनियर टोलीलाई सहभागी गराउन एनआएन जापान, तिलक मल्ल, शरद गौचन, प्रकाश तुलाचन लगाएतले सहयोग गरेको गौचनले बताए। प्रतियोगितामा करिब ३२ देशको टिमले प्रतिस्पर्धा गर्नेछन्।

जापान जाने जुनियर खेलाडीमा कृतन थापा, संगम गुरुङ, संगम गैरे कालिदास विक, निखिल कार्की, प्रसान्त सुनार, बिक्रम गौतम, निराजन खत्री, देव गुरुङ, निश्चल जिसी, र निश्चय उपे्रती रहेका छन्।

प्रकाशित: १८ माघ २०७३ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App