१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रुकेश र शिव विजयी

काठमाडौं- रुकेश महर्जन, शिव थापा र प्रिन्स दाहालले १३ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत व्वाइज यु–१७ इभेन्टमा सोमबार जित हासिल गरेका छन्। हल्चोक स्थित सशस्त्र प्रहरीको कभर्डहलमा त्रिभुवन आर्मी क्लवका रुकेशले कैलालीका देवराज रानालाई २१–१५, २१–१३ ले हराए। नेपालगञ्ज व्याडमिन्टन एकेडेमीका शिवले कैलालीका योगेश खड्का विरुद्ध १४–२१, २२–२०, २३–२१ ले जित हासिल गरे। आयोजक एपीएफ क्लवका प्रिन्सले कैलालीका पुष्प ठगुन्नालाई २१–९, २१–१२ ले पराजित गर्दै अर्को चरणमा स्थानमा बनाए। यसैगरी प्रतियोगिता अन्तर्गत ब्वाइज यु–१७ मा कञ्चनपुरका मोहन ऐरले मोरङका उज्जवल पोखरेललाई २१–११, २१–१९ ले हराउन सफल भए। सुनसरीका बिशाल खड्काले जेष्ट व्याडमिन्टन क्लवका बरुण सीलाई १९–२१, २२–२०, २१–११ ले र आर्मी क्लवका प्रफुल्ल महर्जनले कैलालीका रवि चन्दलाई २१–८, २१–४ ले पराजित गरे।

प्रतियोगितामा ब्वाइज डबल्समा एपीएफ क्लवका सुनिल जोशी र रमेश श्रेष्ठको जोडीले कञ्चनपुरका मोहन ऐर र चिरन विष्टको जोडीलाई २४–२२, २१–१६ ले, नेपाल पुलिसका गौरव दाहाल र अनिस श्रेष्ठको जोडीले महोत्तरीका बरुण दाहाल र सुशिल श्रेष्ठको जोडीलाई २१–०९, २१–११ ले हरायो।

अन्य खेलमा अन्नपूर्ण ब्याडमिन्टन क्लबका रामकुमार बानियाँ र रोमान्ता प्रदिप बानियाँको जोडी, ब्याडमिन्टन एकेडेमी नेपालका सुनिल बराही र सविन ढुंगेल पुलिस क्लबका दिपक बोहरा र गौतम कठायतको जोडीले जित हासिल गर्‍यो।

ललितपुरका पविन लिङदेप र दिपेश शाक्य, एपीएफ क्लवका निराजन देवकोटा र निरबिक्रम देवकोटा, एपीएफ क्लवका विशाल प्रधान र विजित थापामगरले सोमबार सफलता प्राप्त गरे।

आर्मीका रत्नजित तामाङ र नविन श्रेष्ठ, काठमाडौंका नारायण गौतम र अभिषेक गुरुङ, काठमाडौका ओम गुरुङ्ग र थाप्चेन शेर्पाले जित हासिल गरे।

प्रकाशित: १८ माघ २०७३ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App