१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मोर्चालाई प्रधानमन्त्रीका चार प्रश्न

काठमाडौं- प्रधानमन्त्री दाहालले बैठकमा मोर्चाका नेतालाई विभिन्न चार प्रश्न सोधेका थिए। उनले आगामी बैठकमा आउँदा ती प्रश्नको उत्तर दिन मोर्चालाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीले मोर्चालाई पहिलो प्रश्न सरकारले संविधान संशोधन विधेयक पास भएमा सरकारले चुनाव मिति घोषणा गर्छ, मोर्चा चुनावमा जान तयार छ कि छैन भनी पहिलो प्रश्न सोधेका छन्। उनले सरकारले संशोधन विधेयक अघि बढाउँछ, विधेयक पास या फेल भएमा मोर्चा चुनावमा जान तयार छ कि छैन भनी अर्को प्रश्न सोधेका छन्। प्रधानमन्त्रीले स्थानीय तह पुनः संरचना आयोगको प्रतिवेदन सरकार परिमार्जन गर्न तयार छ, परिमार्जन भएमा मोर्चाले त्यसलाई मान्न तयार छ कि छैन भनी अर्को प्रश्न सोधेका छन्।

यस्तै प्रधानमन्त्रीले संशोधन विधेयक परिमार्जन गर्ने कुरामा यसअघि मार्चासँग जे जे विषयमा सहमति भएको थियो, त्यसअनुसार परिमार्जन भएमा मोर्चाले मान्न तयार छ कि छैन भनी सोधेका छन्।

'प्रधानमन्त्रीले हामीलाई सोधेको चार प्रश्नको उत्तर कसरी दिने भनेर मोर्चाले बैठक गरी टुंगो लगाउनेछ', बैठकमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने।

मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले 'पटकपटक बैठक नगरांै, यसै बैठकमा सबै टुंगो लगाआंै' भनेको स्रोतले बतायो।

प्रकाशित: १८ माघ २०७३ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App