१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्वोच्च न्यायाधीशका लागि केसी र भण्डारीको नाम संसदीय सुनुवाइबाट पारित

काठमाडौं— सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशको नाम सोमबार संसदीय सुनुवाइ सिमितले अनुमोदन गरेको छ। न्याय परिषदले पुनरावेदनका मुख्य न्यायाधीश रहेक उनीहरूलाइ सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सफारिस गरेको थियो।

तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको नाम संसदीय सुनुवाइबाट पारित भएको हो।

परिषद्को पत्राचार अनुसार अब संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइका लागि पत्राचार भएका न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेर सुनुवाइ गरेको हो।  परिषद्ले उच्च अदालतका वरिष्ठ न्यायाधीशबाट तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीलाई सर्वोच्चका लागि सिफारिस गरेको थियो।  सर्वोच्चमा अहिले दुई न्यायाधीशको दरबन्दी रिक्त छ।

सिफारिसमा परेका केसी उच्च अदालत विराटनगर र भण्डारी उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन्।

न्यायाधीशहरुको नियुक्ति ,सिफारिस, सरुवा र वढुवा गर्ने अधिकार पाएको संस्था न्याय परिषदले सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीश पदमा उच्च अदालतमा कार्यरत रहेका दुई न्यायाधीशहरुको नाम सिफारिस गरेको थियो।

संविधानमा सर्वोच्च अदालतमा स्थायी न्यायाधीश २१ जना हुने व्यवस्था छ। हाल सर्वोच्च अदालतमा १९ जना कार्यरत छन्। सर्वोच्चमा अहिले दुई न्यायाधीशको दरबन्दी रिक्त छ।

प्रकाशित: १७ माघ २०७३ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App