१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सुरक्षा र टिपटप फाइनलमा

काठमाडौं- सुरक्षा क्रिकेट क्लब र टिप टप–११ खुकुरी च्यालेन्जर्स क्रिकेट प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छन। फाइनल खेल पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा माघ २४ गते हुने छ। आइतबार भक्तपुरस्थित आर्मी स्कुल मैदानमा सुरक्षा क्रिकेटले रोयल पिसी फाइटर्सलाई १९ रनले हरायो। अर्को खेलमा टिपटपले बालुवाटार क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्‍यो।

सुनिल धमलाले उत्कृष्ट ब्याटिङ गरेपछि सुरुआतमा ब्याटिङ गरेको सुरक्षाले निर्धारित १८ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ६१ रन जोडेको थियो। प्लेयर अफ द म्याच सुनिलले अविजित ८९ रन जोडदैं टोलीको स्कोर बढाउन महत्वपुर्ण योगदान गरे। खेलको अन्त्यसम्म क्रिकेटमा टिकेका सुनिलले ६० बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए। प्रभावशाली ब्याटिङ गर्ने क्रममा सुनिलले ३५ बलमा अर्धसतक प्रहार गरेका थिए। यसैगरी टोलीलाई सफलता दिलाउनमा सुरक्षाका आरिफ शेखले अविजित २४ रन र अमित श्रेष्ठले २३ रन जोडे। रोयलका यज्ञमान कुमाल, सन्दिप जोरा र बसन्त खत्रीले समान १ विकेट लिए।

जवाफमा रोयलले १८ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ४२ रनमात्र जोडन सक्यो। रोयलका सन्दिपले ५० रन, यज्ञमानले २७ रन बनाएका थिए। भुपेन्द्र थापाले अविजित १८ रन जोडे। सुरक्षाका प्रेम तामाङले ३ र अमितले २ विकेट लिए।

अर्को खेलमा प्लेयर अफ द म्याच टिपटपका सोनु तामाङले ३ विकेट लिएपछि सुरुआतमा ब्याटिङ गरेको बालुवाटारले १९.२ ओभरमा १ सय १५ रन जोडेको थियो। बालुवाटारका लागी रोहित पौडेलले २५ रन र राजु थापाले १९ रन बाहेक अन्यले गतिलो स्कोर जोडन सकेनन।

टिपटपका सोनुले २.२ ओभरमा १६ रन खर्चेका थिए। प्रशन्न शाक्यले २ विकेट लिए।

जवाफमा टिपटपले १२.५ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो। टिपटपको जितमा ओपनर प्रकाश विष्टले ३२, अशु कन्दोइले ३० र सोनुले २४ रनको योगदान गरेका थिए। बालुवाटारका सुनिल लामाले २ विकेट लिएका थिए।

माघ १ गते देखी सुरु भएको खुकुरी च्यालेन्जर्स क्रिकेटमा १६ टिमको सहभागिता छ। प्रतियोगितामा सहभागी टोलीलाई चार समुहमा विभाजन गरिएको छ। फाइनलमा पुगेको टिम टप समुह 'डी' र सुरक्षा क्रिकेट क्लब समुह 'ए' मा थियो।

प्रकाशित: १७ माघ २०७३ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App