१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीका मुख्यमन्त्री केजरिवालविरुद्ध एफआइआर आदेश जारी

दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवालविरुद्ध एफआइआर आदेश जारी भएको छ । विधानसभा चुनावका बेला आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले उनीविरुद्ध एफआइआर आदेश दिएको हो ।

चुनावका बेला केजरिवालको भाषण विवादीत बनेको थियो । उनले त्यतिबेला कांग्रेर र भारतीय जनता पार्टीसँग पैसा लिए पनि भोट आफूलाई दिन अपिल गरेका थिए । ‘कांग्रेस र भारतीय जनता पार्टीका मान्छेहरु तपाइँहरुलाई पैसा बाँड्न आउँलान् । महँगाइलाई ध्यानमा राखेर पाँच हजारको सट्टा दस हजार माग्नुहोला, त्यो पनि नयाँ नोटसहितको,’ उनले भाषणमा भनेका थिए ।

यो बक्तब्यपछि निर्वाचन आयोगले केजरिवाललाई धम्की दिएका थिए । त्यसका बावजुद पनि उनले उक्त बक्तब्य दोहो¥याएको आरोप आयोगको छ ।

प्रकाशित: १६ माघ २०७३ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App