१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पालुवा नपलाउँदै माघमा नै फल्यो स्याउ

 सुमन मल्ल

मुगु- बैशाखको पहिलो हप्तामा स्याउको फूल फुलेर असारमा गुच्चा आकारको ढेडो हुँदै भदौको तेस्रो सातामा खानलाई परिपक्क हुने स्याउ  यो बर्ष माघ माहिनामै  स्याउका दाना  फलेको देखिएको  छ।

संसारका कुनै पनि स्थानमा स्याउ उत्पादन गर्न ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम १ हजार देखि १ हजार पाँच सय घण्टा  चिलिङ्ग अर्थात चिसो चाहिन्छ। स्याउको सक्रिय बृद्धि विकासका लागी २१ देखि २४ डिग्री सेल्सियस तापक्रम आबश्यक पर्ने भएकाले स्याउ हरेक बर्ष चैत्र महिनामा फुलेर भदौ महिनामा खान लाई परिपक्क हुने गर्दछ तर  कार्तिक महिना बोट बोटमा फूल देखा परि माघ महिनामा  स्याउका दाना बोटमा फलेको देखिनु भनेको  प्रत्यक्ष जलबायु परिबर्तनको प्रभाव  परेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। खानका लागी यो स्याउ भदौ महिनामा उत्पादन भएको स्याउ जस्तो मिठो पनि नहुने र आकारले पनि ठूलो  नहुने कृषी कार्यालयका प्राबिधीक सहायक धर्मबहादुर शाहीले बताए।

यो बर्ष भदौ महिनाको स्याउ खाल्डोबाट निकाल्न नपाउँदै हिउदमा स्याउका बोटमा दाना फलेको देखेपछि अरु किसान र आफु समेत आश्चार्य चकित भएको र आफनो बारीमा रहेका सबै बोटमा हिउदमै स्याउ फलेको कार्कीबाडा गाविस — ४ का  कृष्णराज भामले बताए।  अन्य क्षेत्रका किसानका बोटमा त्यति धेरै स्याउका दाना नफलेका भए पनि कार्कीबाडा गाविसका ताल्चा, कालापाल्त, माथी तुम,मईतु, पातर खोलाका सबै किसानका बगैचामा स्याउ फलेको हो।

    जिल्लाका २४ गाविस मध्ये २३ गाविसमा स्याउ उत्पादन हुने गरेको भए पनि स्याउ उत्पादनका लागी रुगा गाविसको बाम, कार्कीबाडा गाविसको ताल्च, जिमा गाविसको सोरुकोट, खमालेको खमाले र पिना तथा रोवा गाविसलाई पकेट क्षेत्र मानिएको छ।

  

प्रकाशित: १६ माघ २०७३ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App