नुनको मूल्य बढाउन प्रस्ताव

आइतबार, १६ माघ २०७३, १० : २७ नागरिक

काठमाडौं– आम्दानीको तुलनामा अधिकांश उपभोग्य वस्तुको भाउ बढेर सर्वसाधारण आजित भइरहेको बेला दैनिक जीवनमा नभई नहुने नुनको मूल्य वृद्धि गर्ने प्रस्ताव गरिएको छ ।

विदेशबाट खरिद गरेर ल्याई साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बिक्री वितरण हुँदै आएको नुनको मूल्य वृद्धि प्रस्तावमा सरकार सहमत भए अब उपभोक्ताले प्रतिप्याकेट नुनमा ५–७ रुपैयाँ थप खर्चनु पर्नेछ । साल्ट ट्रेडिङले तीन वर्षदेखि मूल्य वृद्धि नहुँदा वार्षिक ३५ करोड रुपैयाँ घाटा बेहोर्नु परेको भन्दै नुनको मूल्य निर्धारण उच्चस्तरीय समितिसमक्ष मूल्य वृद्धिको निर्णय गराउन प्रस्ताव गरेको हो ।

‘हालको मूल्यमा बिक्री गर्दा प्रतिप्याकेट ३–७ रुपैयाँसम्म घाटा भइरहेको छ,’  साल्ट टे«डिङका प्रवक्ता कुमार राजभण्डारीले भने, ‘सरकारले राम्रो काम गरिरहेको संस्था बचाउने हो भने या मूल्य समायोजनको प्रस्ताव स्वीकार गर्नुपर्छ नभए घाटामा गइरहेको रकम अनुदान दिनुपर्छ ।’ मूल्य समायोजनको प्रस्तावमा निर्णय नगरिए साल्ट ट्रेडिङ बन्द गर्नुपर्ने उनले बताए ।

हाल साल्ट ट्रेडिङले प्रतिप्याकेट नुनलाई साढे १६ रुपैयाँ थोकमा बिक्री गर्ने गरेको छ । उपभोक्ताले भने १८ रुपैयाँ वा सोभन्दा बढीमा खरिद गर्ने गरेका छन् । साल्ट ट्रेडिङको उक्त प्रस्तावप्रति अहिलेसम्म नुनको अनुगमन तथा मूल्य निर्धारण उच्च समितिले कुनै निर्णय गरेको छैन । समितिका एक सदस्यले मूल्य वृद्धि गर्ने या नगर्ने भन्नेबारे निर्णय गर्न अझै गाह्रो परिरहेको बताए । ‘मूल्यवृद्धि नभए संस्थालाई समस्या पर्ने भनिँदैछ । मूल्यवृद्धि गर्दा उपभोक्तालाई भार पर्ने देखिन्छ,’ उनले भने, ‘त्यसैले अझै अलमल भइरहेको हो ।’ नेपालमा वर्षमा करिब एक लाख ६० हजार मेट्रिक टन नुन खपत हुने गर्छ ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad