१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

उप्रेतीको एकल कविता वाचन

काठमाडौं– ‘अविरल जनसाहित्य यात्रा’को ३३ औँ शृंखलाअन्तर्गत कवि टंक उप्रेतीले शुक्रबार राजधानीमा एकल कविता वाचन गरेका छन्।

जन साहित्यिक मञ्च, नेपाल र सांस्कृतिक संस्थानले आयोजना गरेको कार्यक्रममा उप्रेतीले आफ्ना नयाँ र पुराना गरी एक दर्जन कविता वाचन गरे । उनले ‘डुंगा’, ‘मानिसको समुद्र’, ‘इतिहास’, ‘नयाँ इस्त्री’, ‘सभ्यताको टावर’, ‘माछापुच्छ्रे  र म’, ‘काँचुली’ ‘रबरको रोटी’, ‘भग्न चौतारो’ लगायत कविता वाचन गरे । यसैगरी, कविहरू आरएम डंगोल, ठाकुर बेलबासे, प्रकाश सिलवाल,  प्रोल्लास सिन्धुलीय र रिता खत्रीले उप्रेतीका कविता वाचन गरेका थिए । साहित्यकार विन्दु शर्माले उप्रेतीको कविता लेखन शैलीबारे बोलेकी थिइन् । टंकका ‘अनुभूतिका अक्षरहरु’ ‘गजुर पगिलएर’, निगुरोको खरानी’ कविता र ‘खण्डित सपनाको गीत’ निबन्धसंग्रह प्रकाशित छन्।

प्रकाशित: १५ माघ २०७३ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App