१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

बझाङ– जयपृथ्वी नगरपालिका– ६ कपडे नजिक शनिबार जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा रिलु गाविस– ८ का ४६ वर्षीय लालसिंह बोहरा रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चैनपुरबाट रुपातोला जान लागेको से १ ज ५६२ नम्बरको जिप सडकबाट झन्डै १५० मिटर तल सेती नदीको किनारमा खसेको थियो।

सो दुर्घटनामा मेलबिसौना गाविस– ५ का ३३ वर्षीय ललित सिंह, रिलु गाविस– ४ का ११ वर्षीय देव बोहरा र १४ वर्षीया सुशीला बोहरा तथा रिलु गाविस १ का १५ वर्षीया शिल्पा बोहरा घाइते भएका छन्। घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

जिप चालक देवराज बोहरा प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए। रासस

प्रकाशित: १५ माघ २०७३ ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App