१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाली गर्दा बाबु-छोरा एक वर्षका लागि जेल चलान

बाजुरा- बाजुरा जिल्ला अदालतले गाली बेइज्जतीले गाली बेइज्जती गरेको ठहर गर्दै बिहिबार बाबु छोरा एकसाथ जेल चलान भएका छन्। बडिमालिका ९ जिल्लीका वादी गोल ल्वारलाई गाली बेइज्जती गरेको ठहर गर्दै प्रतिवादी सोही स्थान बस्ने तुले ल्वार र निजका छोरा नर ल्वारलाई १/१ वर्षका लागि जेल चलान गरेको हो।

जिल्ला न्यायाधीश हेमबहादुर सेनको एकल इजलासले निज दुबै जनाले वादी गोल ल्वारलाई मान मर्दनमा आँच आउने गरी गाली बेइज्जती गरेको ठहरसहित एक वर्षको कैद र ५/५ हजार नगद सजाय तोकेको हो।

विगत ५ महिनादेखि मुलतबीमा रहेको उक्त मुद्दा मेलमिलाप केन्द्रमा मिल्नका लागि गरिएको अनुरोध नमानेपछि जिल्ला अदालतले प्रक्रियाअनुसार बिहीबार फैसला गरेको बाजुरा जिल्ला अदालतका लोकबहादुर रावलले बताए।

पारिवारिक विवाद र आपसी असमझदारीको विषयलाई लिएर व्यक्ति र परिवारको मान प्रतिष्ठाको ख्यालै नगरी गाली बेइज्जती गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। निज बाबु छोरालाई आजकै मितिदेखि जिल्ला कारागारमा जेल चलान गरिएको छ।

प्रकाशित: १४ माघ २०७३ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App