१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसमा मनोनयन गृहकार्य

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति, कार्य सम्पादन समिति र विभागहरूलाई पूर्णता दिने तयारी गरेका छन्। देउवा प्रदेश समिति निर्माण तयारीमा पनि लागेका छन्। देउवा निकट स्रोतका अनुसार मध्यपश्चिम क्षेत्रबाट काठमाडौ फर्केलगत्तै पार्टीका विभिन्न समिति र विभागलाई पूर्णता दिने गरी गृहकार्य भइरहेको छ। देउवा शनिबार काठमाडौं फर्कदै छन्। काठमाडौं फर्केलगत्तै उनले विभिन्न समिति र विभागमा मनोयन  गृहकार्य तीब्र बनाउने स्रोतले बतायो। देउवामाथि महाधिवशेन भएको एक वर्ष बित्दा पनि केन्द्रीय समितिलगायत निकायलाई पूर्णत दिन नसकेको आरोप लाग्दै आएको छ। 

कांग्रेस विधान अनुसार कार्यसम्पादन समिति २७ सदस्ययी हुनेछ। तत्कालीन सभापति सुशील कोइरालाले आफ्नो कार्यकालभर कार्यसम्पादन समिति बनाएका थिएनन्। देउवाले कार्यसम्पादन समिति बनाउने र केन्द्रीय समितिलाई पूर्णता दिन मनोनयनका लागि गृहकार्य थालेको स्रोत बताउँछ। केन्द्रीय समिति बस्न नसकेको बेलामा कार्यसम्पादन समिति बैठकबाट निर्णय लिन सक्ने व्यवस्था कांग्रेस विधानमा छ। कार्यसम्पादन समिति गठन नभएकाले कुनै विषयमा तत्काल निर्णय गर्नुपर्ने भयो भने सभपातिले पदाधिकारी बैठक बोलाउने गरेका छन्। पदाधिकारी बैठकबारे विधानमा केही व्यवस्था छैन।

कांग्रेस नेता गोपालमान श्रेष्ठले सभापतिले कार्यसम्पादन समिति, प्रदेश समिति निर्माण तथा केन्द्रीय समिति र विभागहरूलाई पूर्णता दिन गृहकार्य सुरु गरेको जानकारी आफूले पाएको बताए। 'सभापतिज्यूले कार्यसम्पादन समिति, प्रदेश समितिको संयोजक तथा पार्टीका विभिन्न समितिमा रिक्त ठाउँमा चाँडै नै मनोनयन गर्ने तयारी गरेको जानकारी पाएको छु', श्रेष्ठले भने, 'हामीले पनि सभापतिलाई जतिसक्दो चाँडो मनोयन गर्नुहोस् भनी सुझाव दिइरहेका छौं।'

यसैगरी देउवाका निजी सचिव केशव जोशीले  पनि  मनोयन गर्न बाँकी केन्द्रीय समिति, कार्यसम्पादन समिति, प्रदेश संयोजकलगायत विभिन्न ठाउँमा सभापतिबाट तत्कालै मनोयन गर्ने तयारी भइरहेको बताए। 'अब मनोनयन गर्न बाँकी विभिन्न ठाउँमा तत्कालै गर्ने तयारी भइरहेको छ', जोशीले भने।

स्रोतका अनुसार देउवा कार्यसम्पादन समितिपछि प्रदेश समिति संयोजक तोक्ने तयारीमा छन्। प्रदेश समिति संयोजक र विभागीय प्रमुख सँगसँगै मनानेयन गर्ने तयारी भइरहेको देउवा निकट स्रोतले बतायो। प्रदेश समिति संयोजक मनोनय गर्दा प्रदेशबाट प्रतिनिधित्व गरेका दुई केन्द्रीय सदस्यमध्ये एकलाई संयोजक बनाउने तयारी देउवाको छ। केन्द्रीय समितिमा प्रत्येक प्रदेशबाट दुई/दुई सदस्य निर्वाचित  छन्। दुई केन्द्रीय समितिमध्ये वरिष्ठता आधारमा एकलाई प्रदेश समिति संयोजक बनाउने तयारी छ।  यस आधारमा प्रदेश समिति संयोजकमा मनोयन गर्दा रामचन्द्र पौडेल पक्षलाई केही फाइदा हुने छ।

प्रदेश समिति संयोजक मनोयन संविधानअनुसार नै हुने देउवा निकट स्रोतले बतायो। कांग्रेस विधानअनुसार प्रदेश समितिका अन्य सदस्य भने  म्ाहाधिपेशन प्रतिनिधिबाट चयन हुनेछन्। त्यो जिम्मेवारी प्रदेश समिति संयोजकलाई हुने छ। देउवा ४२ वटै केन्द्रीय विभागमा प्रमुखको चयन गर्ने तयारीमा जुटेका छन्। कांग्रेस विधानमा ३० वटा विभागको व्यवस्था छ।  तत्कालीन सभापति सुशील कोइरालाले कार्यसमितिबाट अनुमोदन हुने गरी १२ वटा विभाग थपेका थिए। यसरी अहिले ४२  विभाग छन्। देउवाले ४२ विभाग, कार्यसम्पादन समिति, कार्यसमिति, प्रदेश समितिलाई पूर्णता दिए करिब एक हजार कार्यकर्ताले काम पाउने छन्।

कांग्रेस कार्यालय सचिव प्रेम केसीले पनि खाली पदमा मनोयन तयारी भइरहेको बताए। 'अब चाँडै नै खाली ठाउँमा मनोनय तयारी भइरहेको छ', केसीले भने। सभापति देउवाले केन्द्रीय समितिलाई पूर्णता दिन नौ सदस्य मनोयन गर्न बाँक छ।

प्रकाशित: १४ माघ २०७३ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App