१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा चिसोको कारण २७ बालबालिकाको मृत्यु

शिबेरघान (अफगानिस्तान)-अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ ।

जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिए ।

“अत्याधिक चिसोका कारण निर्दोष २७ जना बालबालिकाको ज्यान गएको छ, हिमपातले गर्दा गाँउदेखि स्वास्थ्य केन्द्रसम्मको सडक सम्पर्कपनि बिच्छेद भएको छ,” हसारले सिन्ह्वालाई बताए ।

हिमपात विगत केही दिनदेखि नै भइरहेको र कतिपय ठाउँमा ५० सेन्टिमिटरसम्म हिँउ जमेकोले हिँडडुल गर्न पनि धेरै गाह्रो भइरहेको छ । द्वन्द्वग्रस्त मुलुकको यस क्षेत्रमा खाद्य असुरक्षाको समस्या पनि उत्तिकै रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवता मामिला समन्वय कार्यालयले अफगानिस्तानी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ ।

अफगानिस्तानको तीन करोड जनसङ्ख्यामध्ये १५ लाख ७० जनता खाद्य असुरक्षामा रहेका छन् भने एक मिलियन बालबालिकामा कुपोषणको समस्या रहेको छ । रासस-सिन्ह्वा

प्रकाशित: १३ माघ २०७३ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App