१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

२० दिनदेखि बन्द सडक खुलाउने प्रयास भएन

खोटाङ-स्थानीय तह पुनःसंरचनामा असन्तुष्ट पक्षले खोटाङमा तीन हप्ताअघि सुरु गरेको अनिश्चितकालको सडक बन्द कायमै छ। जिल्लाबाट सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा गाउँपालिका बनाइएको बिरोधमा पुस २३ गतेदेखि सुरु अनिश्चितकालिन सडक बन्द अझै खुल्न सकेको छैन।

तीन हप्ता पुग्दा समेत सडक नखुल्दा हजारौं यात्रु मारमा परेका छन्। स्थानीय तह पुनःसंरचना आयोगले जिल्लाबाट सिफारिस नै नगरिएको गाउँपालिका बनाउन सरकार समक्ष प्रतिबेदन बुझाएको बिरोधमा बुईपा, राजापानी, बिजयखर्क, नुनथला लगायतका स्थानीयले सडक बन्दको आव्हान गरेका हुन्।

असन्तुष्टपक्षलाई वार्तामा बोलाएर समस्याको समाधान निकाल्ने पर्याप्त प्रयत्न नहुँदा सडक बन्द लम्बिएको यात्रुको गुनासो छ।

२४ घण्टा सडक ठप्पा पारिरहेका आन्दोलनरत स्थानीयले माघ ३ गतेदेखि दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र बन्द गरेर सडकबन्दलाई केही खुकुलो पारेपनि यात्रुको सकस भने घटेको छैन। सडक बन्दलाई घटाएर १७ घण्टा झारेपनि यात्रु भने बेलुका ५ बजेदेखि भोलीपल्ट बिहान १० बजेसम्म मात्र ओहोरदोहोर गर्न मौका छोप्न बाध्य छन्।

दिनभर बन्द र रातका समयमा मात्र सडक खुल्दा यात्रु रात पारेर बन्द घोषित क्षेत्र पार गर्न बाध्य छन्। बन्दका कारण रातको १÷२ बजे सदरमुकाम दिक्तेल ओर्लने यात्रु होटल नपाएर हैरान छन्। दिक्तेलमा आफन्त नभएका र होटल खर्च थेग्न नसक्ने यात्रु मध्यरातमा अलपत्र बन्ने गरेका छन्। यात्रुको माग र समस्यालाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मकालागि सडक बन्दको अवधि ७ घण्टा घटाइएको संघर्ष समितिका सदस्य एवं युवासंघका जिल्ला अध्यक्ष दिनेश राईले बताए।

प्रकाशित: १३ माघ २०७३ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App