१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

'२४ टोली खेलाउने प्रयोग सफल'

पेरिस– युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफए युरो २०१६ मा पहिलोपल्ट २४ टोली खेलाउने प्रयोग सफल भएकोमा विश्वस्त रहेको प्रतियोगिताका निर्देशक मार्टिन केलेनले बताएका छन्।
युरोपियन च्याम्पियनसिपमा सहभागी संख्या बढाएर २४ टोली पु¥याउँदा फुटबलको निकै क्रेज रहेको महादेशका साना देशहरूमा पनि यो खेल विस्तार अभियानमा योगदान पुगेको युइएफएको बुझाइ रहेको उनले मंगलबार बताए । युइएफएले ८ वर्षअघि प्रतियोगितामा १६ टोलीलाई बढाएर २४ पु¥याउने निर्णय गरेको थियो। सहभागी संख्या बढाउँदा अल्बानिया, आइसल्यान्ड, उत्तरी आयरल्यान्ड, स्लोभाकिया र वेल्स पहिलोपल्ट प्रतियोगितामा छनोट भएका थिए ।
प्रतियोगिताका केही नवप्रवेशीले सनसनीपूर्ण प्रदर्शनसाथ आफ्नो उपस्थिति सार्थक बनाएका छन् । उत्तरी आयरल्यान्ड अन्तिम १६ सम्म पुगेको थियो भने आइसल्यान्डले क्वार्टरफाइनलसम्म यात्रा तय ग¥यो । गारेथ बेलप्रेरित वेल्स प्रतियोगिताको सेमिफाइनल पुगिसकेको छ । टोलीले बुधबार लियोनमा पोर्चुगलसँग अन्तिम चारको खेल खेल्नेछ ।
‘मानिसहरू यो स्वरुपको प्रतियोगिता सफल नहोला भनेर चिन्तित थिए, तर प्रतियोगिता मजासँग सफल भयो,’ केलेनले पत्रकारसँग भने, ‘आइसल्यान्ड र वेल्सले मानिसहरूको अपेक्षाविपरीत धेरै राम्रो प्रदर्शन गरे । उनीहरू यहाँसम्म आइपुग्लान् भनेर धेरैले सोचेका थिएनन् । अनपेक्षित रूपमा नयाँ टोलीले माथिसम्म यात्रा तय गर्नु फुटबलका लागि राम्रो कुरा हो ।’
केही पण्डितहरूले १६ टोलीमात्र राखेको भए पनि वेल्स र उत्तरी आयरल्यान्ड छनोट हुने तर्क गर्दै टिम संख्या बढाउँदा प्रतियोगिताको उत्साह कम भएको भन्दै आलोचना गर्दै आएका छन् । तर केलेनले साना टोलीसँग पनि केही धैर्यवान समर्थक भएको बताए ।
‘यो प्रतियोगिताले फुटबलका लागि नयाँ क्षेत्रको सम्भावना उजागर गरेको छ । अव ती देशमा फुटबलको क्रेज नसोचेको ढंगमा बढ्नेछ । युरोपियन च्याम्पियनसिपमा सहभागी भएकै कारण ती देशमा नयाँ पुस्ताका बालबच्चा फुटबलप्रति आकर्षित हुनेछन्,’ २०२० को प्रतियोगितामा पनि २४ टोली खेलाउने पक्का भएको बताउँदै उनले भने ।
 

प्रकाशित: २२ असार २०७३ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App