१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ढुक्क हुनुस्, थारुको पहिचान खोसिन्नः मन्त्री महत

दाङ-परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले थारुलगायत संविधान प्रति असन्तुष्ट सबै समूदाय वा समूहको माग सम्बोधन हुने बताएका छन्। दाङको चखौरामा मंगलबारदेखि सुरु भएको दुईदिने थारु महोत्सवमा बोल्दै मन्त्री महतले पहिचान संरक्षणका लागि चिन्तित थारुको पहिचान नखोसिने बताए। आँफूहरुका माग पूरा हुँदैनन् कि भनेर संविधानप्रति शंका नगर्न थारु समुदायलाई आश्वस्त पारे।

‘माग पूरा हुँदैनन् कि भनेर तपाइँहरुले कत्तिपनि शंका नगर्नुस्,’ उनले भने, ‘थारु लगायत हरेकका असन्तुष्टिलाई संविधानले सम्वोधन गर्ने छ।’ पश्चिम नेपालमा रहेका बहुसंख्यक थारु समुदायको संस्कृति, कला,भाषा संरक्षण तथा सबै प्रकारका अधिकार दिन वर्तमान सरकार लागि परेको उनले बताए। ‘थारुले संविधानप्रति शंका गर्ने कुनै ठाउँ रहने छैन,’ उनले भने, ‘यसप्रति वर्तमान सरकार र नेपाली कांग्रेस प्रतिवद्ध भएर लागेको अवस्था हो।’ उनले थारु समूदायको अधिकार संरक्षणका निम्ति पार्टी सभापति शेरबहादुर देउवा सबै भन्दा बढी चिन्तित रहेको भन्दै कमांग्रेसले थारुहरुको पहिचान गुम्न नदिने बताए।

यस्तै उनले सस्तो राष्ट्रबादको नारा लगाएर मुलुकमा अनावश्यक तनाव सृजना गरिएको बताए। संविधान संशोधन नै हरेक असन्तुष्टको अधिकार प्राप्तिको एकमात्रै  बिकल्प रहेको भन्दै उनले भने, ‘तर यहाँ यही प्रकृयाको बिरोध गरेर, सस्तो राष्ट्रियताको नारा घन्काउँदै तनाव सृजना गर्ने काम गरिएको छ।’ उनले यसलाई क्षणिक स्वार्थको मनसायले गरिएको राजनीति भन्दै राजनीतिले दिर्घकालीन योजना बुन्न सक्नु पर्ने बताए।

‘क्षणिक स्वार्थका लागि गरिएको राजनीतिलाई मुलुकले लामो समय सम्म पचाउन सक्दैन,’ उनले भने, ‘नेपाली कांग्रेसले दीर्घकालीन योजना बनाएको छ, कांग्रेसको यो मिशनमा सबै पार्टीहरुको हातेमालो हुनु जरुरी छ।’ उनले स्थानीय निकाय निर्वाचन चाँडै हुने भन्दै यसमा सबै सहभागी हुने पनि मन्त्री महतले बताए। सबैलाई निर्वाचनमा सहभागी गराउने प्रयत्न सरकारले गरिरहेको र निर्वाचनमा सबै दल सहभागी हुने वातावरण बन्ने उनले बताए।

प्रकाशित: १२ माघ २०७३ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App