१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारी वकिल काममा फर्कने सहमति

काठमाडौँ- उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत् सरकारी वकिल बुधबारदेखि काममा फर्कन सहमत भएका छन्।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, कानुन तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक, महान्याधिवक्ता रमणकुमार श्रेष्ठ, न्यायपरिषद्का सदस्य रामप्रसाद सिटौला र पदम वैदीबीच छुट्टाछुट्टै वार्तापछि सरकारी वकिलले बुधबारदेखि काममा फर्कन सहमत भएका हुन्।

न्यायाधीश नियुक्त गर्दा सरकारी वकिललाई प्राथमिकता दिनेलगायतका सहमतिपछि बुधबारदेखि उनीहरु काम सुरु गर्न सहमत भएका हुन्।

उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त हुँदा सरकारी वकिलबाट जम्मा एकजना मात्रै परेको भन्दै सरकारी वकिलले त्यसप्रति असन्तुष्टि जनाउँदै आइतबारदेखि सर्वोच्च अदालतलगायत देशभरी नै काम बहिष्कार गर्दै आएका थिए। रासस

 

प्रकाशित: ११ माघ २०७३ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App