१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भारत कल शुल्क बुधबारबाट १ रुपैयाँ ९९ पैसा प्रतिमिनेट

काठमाडौं– एनसेलका सबै ग्राहकले अब भारतमा सुलभ शुल्कमा कुरा गर्न पाउने भएका छन्। मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले  घटाउँदै, आफ्ना ग्राहकका लागि ‘इन्डिया कलिङ्’ योजना ल्याएको जनाएको छ। यो योजनाअन्र्तगतग्राहकले अब करबाहेक मात्र रु. १.९९ प्रति मिनटेमा भारतमा कल गर्न सक्नेछन्।
 
यसअघि भारतका लागि कल महशुल करबाहेक रु २.९९ प्रतिमिनेट थियो। इन्डिया कलिङ योजना बुधबारबाट तीन महिनाका लागि लागू हुनेछ। यस योजनाअन्तर्गत एनसेलका प्रिपेड र पोष्टपेड सबै ग्राहकले अब करबाहेक फ्ल्याट मात्र रु १.९९ प्रतिमिनेटमा भारतको कुनै पनि नेटवर्कमा कुरा गर्न सक्ने छन्।
 
ग्राहकले एस्ट्रिक्स् १७१०७ ह्यास डायल गरी योे योजनामा निःशुल्क सहभागी भई सुलभ दरको लाभ लिन सक्छन्। साथै ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि योे योजना सुचारु गर्न सक्छन्।
 
भारतमा ठूलो संख्यामा नेपालीहरु शिक्षा तथा रोजगारीका निमित्त बस्ने गरेका छन्। त्यसैगरी थुप्रै नेपालीहरु भारतसँग व्यापार व्यवसायमा संलग्नरहेका छन् भने प्रत्येक वर्ष भ्रमण तथातीर्थका लागि पनि नेपालीहरु भारत जाने गरेको छन्।

“यो योजनाले हाम्रा ग्राहकलाई भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाई र  व्यावसायीक साझेदारहरुसँग अझ सुलभ शुल्कमा कल गरी सम्पर्कमा रहिरहन सहयोग पुर्याउने छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने।

यो योजनाग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने एनसेलको प्रतिबद्घताअनुरुप ल्याइएको उनले बताए।   ग्राहकले आईभिआर नम्बर १७१०७ मा डायल गरेर निशुल्क रुपमा यो योजनाको बारेमाथपजानकारी लिन सक्छन् र प्राप्तजानकारी अनुसार योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।  

योजनामा सहभागी भएका ग्राहकले अंग्रजीमा ‘आर’ टाइप गरी १७१०७माएसएमएस पठाई यो योजनाबाट बाहिरिन पनि सक्ने कम्पनीले जनाएको छ।

 

प्रकाशित: २१ असार २०७३ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App