१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चोरिँदै पुरातात्त्विक काठ

काठमाडौं- नक्साल नन्दीकेश्वर महादेव मन्दिर वरिपरि सत्तलका ऐतिहासिक कलात्मक काठ हराउन थालेका छन्। अघिल्लो वर्षको भूकम्पले सत्तल भत्किएपछि नन्दी माविको प्रांगणमा राखिएका काठ जिम्मेवार निकायबाट व्यवस्थापन नहुँदा हराउँदै गएका हुन्।

तीन भागमध्ये दुई भाग काठ विद्यालयकै पहुँचवाला व्यक्तिले लगेको बताइएको छ। ‘पहिला २० फिट लम्बाइ, चार इन्च मोटाइ र ६ इन्च चौडाइका बिम धेरै थिए,’ नाम नबताउने सर्तमा नन्दी माविका एक शिक्षकले भने, ‘अहिले यी बिम देखिँदैनन्।’

नन्दी माविका सहायक प्रधानध्यापक राजेश हुमागाईं पनि काठ हराइरहेको स्विर्काछन्। ‘काठ हराउँदै गएकोप्रति म आफैँ चिन्तित छु,’ उनले भने, ‘काठ हराइरहेको विषय विद्यालय व्यवस्थापन समिति बैठकमा उठाउने सोचमा छु।’

सत्तलमा थुप्रै कलात्मक काठ रहेको स्थानीय योगेन्द्र शाक्य बताउँछन्। 'यहाँका ऐतिहासिक महŒवका काठ हराउनु हुँदैन, जिम्मेवार निकायले बेलैमा ध्यान दिनुपर्छ,' उनले भने।

यहाँका पुराताŒिवक महŒवका काठ वर्षाबाट जोगाउन समेत सम्बन्धित निकायले ध्यान नदिएको देखिन्छ। काठहरु भुइँमा असरल्ल छन्।

प्राचीन स्मारक संरक्षण ऐनअनुसार पुनर्निर्माण वा जीर्र्णोेद्धार गर्दा सकेसम्म पुराना काठ वा परम्परागत सामग्री प्रयोग गर्नुपर्ने हुन्छ।

पुराताŒिवक सम्पदा संरक्षण गर्ने पुरातŒव विभाग भने उक्त सत्तल आफ्नो जिम्मेवारीमा नरहेको बतायो। ‘उक्त क्षेत्र गुठी संस्थानको जिम्मामा छ,’ विभाग महानिर्देशक भेषनारायण दाहालले भने, ‘संस्थानले के के गरिरहेको छ, हामीलाई जानकारी छैन।’

उनले संस्थानले हेरिरहेकाले विभागले चासो नदिए पनि सम्पदा क्षेत्रको प्रयोग तथा सामग्री विभागको स्वीकृतिबिना जथाभावी प्रयोग गरिनु गैरकानुनी रहेको बताए। सय वर्ष पुराना काठ दुरुपयोग हुनु अपराध भएको महानिर्देशक दाहालको भनाइ छ।

गुठी संस्थान भने यहाँका काठ नहराएको दाबी गर्छ। ‘हामीलाई काठ हराएकोबारे केही जानकारी छैन,’ संस्थान महाप्रबन्धक नारायण चौधरीले भने, ‘हामीले बेलाबेला नियालिरहेका छौँ।’

भूकम्पपछि धेरै सम्पदा हेर्नुपरेकाले काठ ओतमा सुरक्षित राख्न नसकिएको उनको भनाइ छ।

चौधरीले विद्यालय परिसरमा रहेको काठबारे चाँडै नै जानकारी लिने जनाए। ‘मलाई काठ हराएजस्तो त लागेकै छैन,’ चौधरीले भने, ‘यदि हराएको रहेछ भने खोजतलास गर्नेछौँ।’

सत्तलको ऐतिहासिक पक्ष

नक्साल नन्दीकेश्वर मन्दिर दुई सय वर्षभन्दा पुरानो रहेको मानिन्छ। रणबहादुर शाहकी माहिली रानी सुर्वणप्रभादेवीले मन्दिरमा चढाएको घन्टामा १८५८ साल उल्लेख छ।

मध्येभागमा नन्दीकेश्वर महादेवको मन्दिर र चारैतिर सत्तल थियो। एकातिरको सत्तलको एक तला भने अझै बाँकी छ।

। दुई तलाको यहाँको सत्तल धर्मशालाको रुपमा प्रयोग हुँदै आएको पुरातत्वविद् तारानन्द मिश्र बताउँछन्।

यो ऐतिहासिक महत्व सत्तल १९९० सालको भूकम्पमा एकातिरको भाग भत्किएको थियो। बाँकी तीनतिरको सत्तल अघिल्लो वर्षको भूकम्पले भत्कियो। सत्तल भत्किएसँगै अहिले उक्त ठाउँमा कंक्रिट प्रयोग गरेर विद्यालयको भवन बनाइसकिएको छ। सम्पदा क्षेत्रमा कंक्रिटको प्रयोग गर्नुलाई गैरकानुनी मानिन्छ।

प्रकाशित: १० माघ २०७३ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App