१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

धुर्मुस सुन्तलीलाई सिड्नीबाट १७ लाख सहयोग रकम संकलन

काठमाडौं–एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई १७ लाख सहयोग रकम प्राप्त भएको छ । जनवरी २१ मा गज्जबको इभेन्ट्स्द्वारा आयोजित कार्यक्रममा प्रस्तुति दिएको यो जोडीले सिड्नीमा भएको कार्यक्रममा १७ लाख ४२ हजार ६ सय २५ रुपैयाँ सहयोग रकम संकलन गरेका हुन्।

अष्ट्रेलियामा रहेका नेपालीको उल्लेख्य उपस्थितिमा गरिएको कार्यक्रममा सो सहयोग रकम संकलन गरिएको हो । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले कुराकानी गर्दै सबै सहयोगी मनहरुलाई धन्यबाद दिएका थिए।

उनले अष्ट्रेलियाका २ कार्यक्रम अझै बाँकी रहेको जानकारि दिएका छन्। अष्ट्रेलियामा धुर्मुस सुन्तलीले जनवरी २९ मा मेलवर्न र फेब्रुअरी ४ मा ब्रिस्बेनमा कार्यक्रम गर्ने तय भएको जानकारी दिए। धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्दै गरेको एकीकृत नमुना मुसहर बस्तीकालागि अझै थुप्रै सहयोगको खाँचो भएको बताउँदै उनले छिट्टै सहयोग रकम संकलन भए आफूहरुले नयाँ वर्षमा बस्ती हस्तान्तरण गर्ने योजना पूरा हुने बताए।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको एकीकृत नमुना मुसहर बस्तीको अहिले १५ प्रतिशत काम सकिएको छ। हाल सम्ममा  बस्तीमा निर्माण हुने ५० वटा घर मध्ये ४० वटा घरको जग निस्किएको छ भने ३२ वटा घरको जग उठाउने कार्य सम्पन्न भइसकेको छ । पिलिन्थ लेवल सम्मको ५ वटा घरको निर्माण कार्य सकिएको छ। मुसहर बस्ती निर्माणका लागि करीब १ सय मुसहरहरु श्रमदानमा खटिएका  छन्।

प्रकाशित: ९ माघ २०७३ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App