२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णाली जोखिममा छः मुख्यमन्त्री शाही

जुम्ला - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै कर्णालीबासी मिलेर कोराना भाइरसबिरुद्धको् युद्ध जित्नु पर्ने बताएका छन्। अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरसको संक्रमण कर्णालीमा नदेखिएको बताउँदै उनले अझै मर्यादित रुपमा कोराना भाइरस बिरुद्ध गरिएको लकडाउनको पूर्ण पालना आवश्यक रहेकोमा जोड दिए। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोराना भाइरस बिरुद्ध भइरहेको पूर्वतयारीको अनुगमन गर्न पुगेका मुख्यमन्त्री शाहीले लकडाउनको पुर्ण पालना गर्दै कोराना भाइरस बिरुद्धको अभियानलाइ निष्कर्षमा पु¥याउनु पर्नेमा जोड दिए। 

उनले भने,‘बाहिर जिल्लामा कामका शिलशिलामा गएका मजदुरहरुले भौकै नाङ्गै छौँ,आफ्नै घर अगाडि पुगेर मर्न चाहान्छौँ, भन्ने उद्धार गर्न दबाव दिए। त्यही अनुसार एक दुइ दिन लचक बन्यौँ। कोही भारत देखि हिडेर पनि गाउँमा पुगे। उनीहरुलाइ घरघरमा होमक्वारेन्टाइनमा पठाइयो। त्यही भएर कर्णाली निकै जोखिम अवस्थाबाट गुज्रिरहेको छ।’ अहिले कर्णाली प्रदेश जोखिममा छ। सबैले गम्भीर भएर सोच्नुपर्छ।

कोराना भाइरसले कर्णालीमा पार्ने प्रभाव न्युनिकरण गर्न कर्णाली प्रदेश सरकार निकै चनाखो भएर लागि परेको मुख्यमन्त्री शाहीले बताए। कोराना संक्रमण नफैलियोस भन्नका लागि सबैभन्दा पहिले लकडाउन गर्ने कर्णाली प्रदेश बन्यो। अत्यन्तै सावधानी अपनाएकै हो। जो जहाँ छ, त्यही व्यवस्थापन गर्ने निती लिएकै हो। मुख्यमन्त्री शाहीले भने,‘तर त्यो पुर्ण रुपमा कार्यन्वयन गर्न सकेनौँ। ’

कर्णाली प्रदेश सरकारले सुर्खेतमा एक हजार क्वारेन्टाइन बनायो। प्रत्येक जिल्ला र स्थानीय तहमा क्वारेन्टाइन बनाउनको लागि निर्देशन ग¥यो। धेरै मानिस क्वारेन्टाइनमा बस्न मानेनन्,सिधैँ घर जादा रिक्स बढ्यो। लकडाउनको सेरोफेरोमा आएकाहरुमा कोरानाको संक्रमण देखिएन्। हाल सम्म कर्णालीमा रिक्स धेरै भएपनि कोराना भाइरस छैन भन्ने निष्कर्षमा कर्णाली सरकार पुगिसकेको छ। 

मुख्यमन्त्री शाहीले अब बाहिरबाट कर्णाली प्रदेशमा प्रवेशमा कडाइ गर्ने बताए।  संक्रमित हाम्रो प्रदेशमा छन्। टोलटोलमा पुगेका छन् भन्ने मानसिकता बनाउन जरुरी रहेकको छ। मुख्यमन्त्री शाहीले थपे,‘ कर्णाली प्रदेशका ७ सय १८ वडामा स्वास्थ्यकर्मी परिचालन भइसकेका छन्।कम्तीमा एक वडाबाट १० जनाको स्वाब परिक्षण गर्नु भनेर निर्देशन दिएका छौँ। कर्णालीका २७ स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ।’ परिचालित भएका स्वास्थ्यकर्मी गाउँमा गएर पालिका स्तरमा रहेका स्वास्थ्यकर्मीलाइ तालिम दिएर स्वाब संकलन हुनेछ। 

स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर परिक्षण गर्ने छन्। जुम्ला जिल्लामा देखियो। त्यो जिल्ला सिल हुनेछ। जुन पालिकामा देखियो त्यो पालिका लक गरिनेछ। जुन वडा तथा गाउँमा देखियो त्यो क्षेत्र पुर्णरुपमा बन्द गरिनेछ। कोराना संक्रमण नदेखिएको क्षेत्रमा लकडाउन खोलिने निती कर्णाली प्रदेशले लिनेछ। एक साता सम्म सबै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गर्ने र स्वाब परिक्षणको काम सकाएर नतिजाका आधारमा लकडाउन खोल्ने या बन्द गर्ने निष्कर्षमा पुगिने मुख्यमन्त्री शाहीले बताए।,

उनले अब पैदल मार्गबाट आउनेलाइ रोजगारीमा जोड्न आग्रह गरे।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोराना भाइरसको संक्रमण हुन नदिन गरिएको प्रयास निकै प्रसंसनीय रहेको बताउँदै मुख्यमन्त्री शाहीले भने,प्रतिष्ठानलाइ कर्णाली सरकारले निती, बजेट र कार्यक्रममा सक्दो समेट्ने छ।  मुख्यमन्त्री शाहीले अहिले कोराना भाइरसलाइ एउटा युद्धको संज्ञा दिदै युद्धको कमाण्डरले जिम्मेवारी बुझ्न सकेन भने मोर्चा हारिने बताए। 

यो एक प्रकारको युद्ध हो, जसमा स्वास्थ्यकर्मी अग्रमोर्चामा छन्।उनीहरु सिपाही हुन्। मुख्यमन्त्री शाहीले थपे,‘ युद्धमा खटिने सिपाहीको मुल्यांकन उसको इमान्दारीता र बहादुरीतामा हुने छ। यो युद्ध स्वास्थ्य सामाग्री बिना लड्न सकिदैन्। स्वास्थ्य सामाग्री लगायतको व्यवस्थापन कर्णाली सरकारले गर्छ। तर सबैभन्दा बढि सुरक्षित सिपाही मानिएका डक्टर नै हुनुपर्छ। ’

मुख्यमन्त्री म-यो भने अर्को मुख्यमन्त्री आउँछ। तर डक्टर मर्नु हुदैन्। डक्टरको जीवन संग धेरैको जीवन जोडिएको हुन्छ। उनले थपे,‘पहिले स्वास्थ्यकर्मी सुरक्षित बन्नुहोस,कर्णाली प्रदेश व्यवस्थापनको जिम्मा लिन्छ। ’ उच्च मनोबलका साथ कोराना बिरुद्धको लडाइमा लाग्न निर्देशन दिदै योगदानको उच्च मुल्यांकन गरे्र सम्मान गर्ने वाताबरण प्रदेश सरकारले मिलाउने उनले बताए।स्वास्थ्यकर्मीको शतप्रतिशत सुविधा बढाउँदै व्यक्तिगत र संस्थागत समस्या समाधानका लागि सदैव तयार रहेको मुख्यमन्त्री शाहीले बताए। 

मुख्यमन्त्रीसंगै सामाजिक विकासमन्त्री दल रावल,सरकारका प्रमुख सचिव टेकनारायण पाण्डे र स्वास्थ्य निर्देशक रितु भण्डारी जोशी समेत जुम्ला पुगेका थिए। मुख्यमन्त्री शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोराना राकथाम तथा नियन्त्रणमा भइरहेका क्रियाकलापको अनुगमन समेत गरेका थिए।

प्रकाशित: २८ वैशाख २०७७ १४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App