१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तनाबपछि नुवाकोटमा ११ राउन्ड रबर गोली प्रहार

काठमाडौं— स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनविरुद्ध आन्दोलनरत स्थानीय र प्रहरीबीच नुवाकोट सदरमुकाममा झडप हुँदा प्रहरीले ११ राउन्ड रबरका गोली फायर गरेको छ।

शुक्रबारदेखि आन्दोलनरत स्थानीयको प्रदर्शनका कारण स्थिति तनाबग्रस्त बनेपछि प्रहरीले २२ राउन्ड अश्रुग्यास समेत प्रहार गरेको थियो। अश्रुग्यासले स्थिति नियन्त्रणमा नआएपछि बाध्य भएर रबरको गोली चलाएको प्रहरीले जनायो।

प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्। नुवाकोटका जिल्ला प्रहरी प्रमुख डिएसपी ऋषिराम कँडेलकाअनुसार विनोद पाठक सामान्य घाइते भएका हुन्।

लिखु गाउँपालिकाको माग पूरा हुनुपर्ने भन्दै आन्दोलनरत कांग्रेस, माओवादी र राप्रपाका ५ सय बढी कार्यकर्ताले शुक्रबार सदरमुकाम बट्टरमा प्रदर्शन गरेका थिए।

थानसिङ, चौघडा, खानीगाउँ र सूर्यमतिका स्थानीवासी लिखु गाउँपालिका कायम गर्नुपर्ने माग गर्दै आन्दोलनरत छन्। आन्दोलनका कारण ती गाविसका विद्यालयहरु समेत ६ दिनदेखि बन्द छन्।

प्रकाशित: ७ माघ २०७३ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App