२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

दशगजा क्षेत्रको खेतमा काम गर्न गएका किसानमाथि एसएसबीद्वारा कुटपिट

बारा- भारतीय सीमा सुरक्षाबल एसएसवीले दशगजा क्षेत्रमा रहेको खेतमा काम गर्न गएका  बलिरामपुरका किसानलाई कुटपिट गरे पछि  नेपाली र भारतीय पक्षबीच झडप भएको छ।

विश्रामपुर गाउँपालिका ४ बलिरामपुरका छोटेलाल साहलाई सीमा क्षेत्रमा किन आएको भन्दै एसएसबीले कुटपिट गरेपछि दुबै पक्षबीच झडप भएको हो।

कुटाइमा परेका साहलाई छोडाउने क्रममा सहदेवा महदेवाका भारतीय समेत आएर एसएसबीसँगै बलिरामपुरका स्थानीयहरु माथि आक्रमण गर्दा नेपाली पक्ष कुटिन पुगेका हुन्।

झडपमा परि बलिरामपुरका दिपनारायण साह, प्रदीप साह, राजु साह, कनेल पासवान, हिरालाल शर्मा, दीपक शर्मा, सरोज महतो, अशोक साह, गरि एक दर्जन जति घाइते भएको बलिरामपुर प्रहरी चौकीले जनाएको छ।

घाइते मध्ये छोटेलाल साह, अशोक साह, सोनालाल शर्मालाई बढी चोट लागेको बिश्रापुर गाउँपालिका वाड नम्बर ४ का वडा अध्यक्ष मदन प्रसाद यादवले बताएका छन्।

घाइतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको यादवले बताए। सोमबार बेलुका पनि दशगाजामा रहेको खेतमा काम गर्न गएको बलिरामपुरकै अर्का श्याम प्रसादलाई समेत भारतीय सीमा सुरक्षा बलपले कुटपिट गरेको वडा अध्यक्ष यादवले बताए।

दशगाजा क्षेत्रमा रहेका खेतलाई जोताइ गर्नको लागि हेर्न जादा मंगलबार साहलाई भारतीय सशस्त्र सीमा बल एसएसबीका जवानले खेतमै पुगेर कुटपीट गर्दा बलिरापुरका स्थानीयहरु चिन्तित बनेको यादवले गुनासो गरे।

साहलाई एसएसबीले कुटपिट गरेको देखेर बलिरापुरका स्थानीयहरुले त्यसको  प्रतिकार गरे पनि नेपाली सुरक्षाकर्मीहरुले वास्ता नगर्दा धेरै स्थानीयहरु कुटिन पुगेको दुखेको पीडितहरुले गरेका छन्।

बिश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल पालले सीमा क्षेत्रमा नेपाली पक्ष कुटिए पनि नेपाली सुरक्षाकर्मीहरुले वास्ता नगरेको आरोप लगाए।

सशस्त्र प्रहरी बल नेपाल नं.–१२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बलिरापुरका स्थानीय र भारतीय सुरक्षाकर्मीबी समान्य बिवाद भएको र अहिले बिवाद साम्य भएको दावी गरे।

लकडाउनका कारण दशगाजा क्षेत्रमा कडा दुबै तर्फ कडा सुरक्षा गरिएको अवस्थामा खेतमा गएको स्थानीयलाई भारत प्रवेश गरेको अशंकामा रोक्न खोजिए पछि बिवाद भएको हुन सकिने सुवेदीले बताए।

 

प्रकाशित: २३ वैशाख २०७७ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App