१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीलाई गोली बर्साएर जंगल पस्ने चोरहरु समातिए

चोरी गरिएको सेफ। फाइल तस्बिर/नागरिक

काठमाडौँ–ललितपुर बज्रबराही नगरपालिका–३ झरुवारासी स्थित श्री सन्तानेश्वर बचत तथा ऋण सहकारी सस्थाको ढोका फोडी सेफ तथा अन्य कागजपत्र चोरी गर्नेहरु पक्राउ परेका छन्। फरार रहेका मकवानपुर फाखेल–६ घर भएका २७ बर्षीय कुमार भन्ने निङमा लामा र ३०बर्षीय पेमा लामालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

गत भाद्र २३ गते संस्थाको ढोका फोडी सेफ तथा अन्य कागजपत्र सहित चोरी गरी ना. १ ज.३९४८ नम्बरको टाटा सुमोमा लैजान लागेको अवस्थामा चन्द्रागिरी नगरपालिका–११ च्यानडाँडामा प्रहरीले टाटा सुमो जाँच गर्न खोज्दा चोर र प्रहरीबीच दोहोरो फाइरिङ भएको थियो ।

उनीहरु प्रहरीलाई गोली बर्साएर जंगल पस्न सफल भएका थिए ।

उक्त सेफ सहितको टाटा सुमो छाडी भागेका उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो  ।

उनीहरुलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी बृत्त चाँपागाउ ललितपुरमा पठाइएको छ ।

प्रकाशित: ६ माघ २०७३ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App