१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रिड मोडलशीर्षमा, एपिएफ दोस्रो स्थानमा

काठमाडौं- ढोरपाटन ब्लु स्काई टिभिएस डबल लिगमहिलाभलिबलप्रतियोगितामाउपाधिकोदाबेदार टोली रिड मोडल, सशस्त्रप्रहरी बलको एपिएफ र न्यू डायमन्ड स्पोर्ट्स एकेडेमीले बुधबार जितहासिल गरेका छन्।

राजधानीको गोंगबुस्थितनयाँबसपार्कमाअंकतालिकाको शीर्ष स्थानमा रहेको रिड मोडलले नेपालपुलिस क्लबलाई २५–६, २५–१८, २५–९ ले हरायो। एपिएफले  विभागीयप्रतिस्पर्धी त्रिभुवनआर्मी क्लबलाई २५–१०, २५–१५,२५–२३ ले पराजितगर्‍यो। न्यू डायमन्डले पश्चिमाञ्चललाई २५–२०, २३–२५, २५–२०, २५–१५ ले निराशपार्‍यो।

बुधबारको नतिजासँगै रिड मोडल र एपिएफले समान ३३/३३अंकजोडेका छन्। तर पहिलो चरणमा एपिएफलाई पराजित गरेकाले रिड मोडल लिगअंकतालिकाको शीर्ष स्थान र एपिएफ दोस्रो स्थानमा छन्। दोहोरो लिगको दोस्रो दिनसम्मआइपुग्दाएपिएफले १२ र रिड मोडलले ११ खेल खेलेका छन्।

ढोरपाटन भलिबलमापोखराको ज्ञानुबाबा उमावि सर्वाधिकउपाधिजित्ने टोलीहो। ज्ञानुबाबाले ५ पटक उपाधिजितेको छ। ज्ञानुबाबाकी कप्तानमञ्जु गुरुङ, अरुणा शाही, मान्तीआलेमगरलगायत खेलाडीले प्रतियोगिताको १२औं संस्करणमा पश्चिमाञ्चल क्षेत्रीयभलिबल संघको टोलीबाट खेलिरहेका छन्।

प्रतियोगिताको १२औं संस्करणमा एपिएफ ज्ञानुबाबाले बनाएको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा छ। तर प्रतियोगितामा७भारतीय खेलाडीलिएर खेलिरहेको स्वयम्भूस्थितरिड मोडल कलेजले एपिएफलाई चुनौतीदिइरहेको छ। तर एपिएफकी स्पाइकर रेश्मा भण्डारी उपाधिजित्ने सम्भावना बराबर भएको बताउँछिन्। उनले भनिन्, 'भारतीय खेलाडीको तुलनामाहाम्रो स्तर कमजोर छैन। हाम्रो टिमको स्पाइक राम्रो छ। तर अन्यपोजिसनमा रिड मोडल बलियो छ। फाइनलजित्नहामीले डिफेन्सको कमजोरी सुधार्नु पर्छ।' रेश्मा राष्ट्रिय टोलीकीपनि स्पाइकर हुन्। एपिएफमा सरस्वतीचौधरी, नेविकाचौधरीसँगै रेश्माले मुख्य स्पाइकरको जिम्मेवारी सम्हाल्दै आएकी छन्। रिसिभसुधारे एपिएफले रिड मोडललाई दोस्रो चरणमा पराजितगर्नसक्ने रेश्माले बताइन्। उनले भनिन्, 'नेपालगन्जमापनिहामीले भारतीय खेलाडीसँग खेलेकाथियौं। उनीहरूको प्रदर्शनले हामीमाथिकुनै दबाब छैन। हाम्रो सबै पोजिसनमा समन्वयमिल्न सकिरहेको छैन। रिसिभमा समस्याभए स्पाइक, डिफेन्स सबैमा समस्या हुन्छ, त्यो सुधार्नु पर्छ।'

प्रतियोगितामा रिड मोडलले एउटै सेट पनिगुमाएको छैन। साबिकविजेताएपिएफले भने पश्चिमाञ्चल र नेपालपुलिस विरुद्धको खेलमाएउटा सेट गुमाइसकेको छ। उपाधिजित्नअबएपिएफले दोस्रो चरणको लिगमा रिड मोडललाई सोझो सेटमा हराउनु पर्नेछ।

प्रतियोगिताको पछिल्ला चार संस्करणमा उपविजेताबनेको न्यू डायमन्डले ११ खेलबाट २७अंकजोडेको छ। डायमन्ड अंकतालिकाको तेस्रो स्थानमा छ। बुधबार रिड मोडलको जितमाभारतीय खेलाडी क्रिन्जलले वुमनअफ द म्याच घोषित भइन्। आर्मीलाई सहजै सोझो सेटमा पराजित गरेको खेलमाएपिएफकीचन्द्रा राना र डायमन्डकी सेटर कृपाअधिकारी पनिवुमनअफ द म्याचबाट पुरस्कृत भए।

एकपल्ट ढोरपाटन भलिबलको उपाधिजितेको नेपालपुलिस क्लबले पनिबुधबार दोस्रो खेलमाजितहासिल गरेको छ। पुलिसले आयोजक ढोरपाटन स्पोर्ट्स टे्रेनिङ सेन्टरलाई २५–१२, २५–१७, २५–१३ ले पराजितगर्‍यो। पुलिसकीलिबेरो कमलापुनले वुमनअफ द डे को पुरस्कारपाइन्।

प्रतियोगितामापुलिसले १२ खेलबाट २१ अंक बटुल्दै चौथो स्थानमापुगेको छ। समान २१/२१अंकजोडेपनि हेडटु हेडका आधारमापश्चिमाञ्चलपाँचौं स्थानमा छ। भलिबलमा कान्छो विभागीय टोलीआर्मीले १२ खेलबाट १५ अंकजोडदै छैठौं  स्थानमा छ। ढोरपाटन स्पोर्ट्स८ अंकसहित सातौं स्थानमा छ।

प्रकाशित: ६ माघ २०७३ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App