१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

केसी र भण्डारीको सुनुवाइ आज

काठमाडौं- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ। सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस भएका तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीलाई बिहान ११ बजे समितिमा उपस्थित हुन पत्राचार गरेको छ।

न्यायपरिषद्को निर्णयअनुसार प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै यसअघि उजुरी मागिएको थियो। उनीहरूविरुद्ध समितिमा तीनवटा उजुरी दर्ता भएका छन्। समितिले पुस १९ गतेको परिषद्को निर्णयअनुसार पुस २१ मा उजुरी दिन आह्वान गरेको थियो।

समिति सचिव ध्रुवप्रसाद घिमिरेले तीनवटा उजुरी प्राप्त भए पनि सुनुवाइकै दिन सार्वजनिक गर्ने तयारी समितिले गरेको बताए। समितिले उजुरीकर्ताको कुरा सुनेपछि प्रस्तावित न्यायाधीशको सुनुवाइ गर्नेछ। पहिलो चरणमा समितिले प्राप्त उजुरीमा प्रारम्भिक छलफल गर्नेछ। उजुरीमा थप अनुसन्धान आवश्यक परेमा सम्बन्धित उजुरीकर्तासँग पनि छलफल हुनेछ। परिषद्ले पुस १८ गते सर्वोच्चका लागि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश केसी र पोखराका मुख्य न्यायाधीश भण्डारीको नाम सिफारिस गरेको थियो।

उनीहरू न्यायधीश नियुक्त भए सर्वोच्चमा न्यायाधीशको संख्या २० पुग्नेछ। संविधानमा प्रधानन्यायाधीशसहित २१ जना हुने व्यवस्था छ।

प्रकाशित: ६ माघ २०७३ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App