१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

केदारभक्त माथेमाद्वारा केयुको सिनेट पदबाट राजीनामा

काठमाडौं—नैतिकताको प्रश्न उठाउँदै काठमाडौं विश्वविद्यालयको सिनेटर पदबाट केदारभक्त माथेमाले राजीनामा दिएका छन्। स्वतन्त्र प्राज्ञिक संस्थाले गरेको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेपपछि परीक्षा बोर्ड केही व्यक्तिमाथि गम्भीर नैतिक प्रश्न उब्जिएको तर ती विषयमा विश्वविद्यालय पदाधिकारी मौन बसेको भन्दै उनले राजीनामा दिएका हुन्।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति माथेमाले काठमाडौं विश्वविद्यालयका कूलपति समक्ष राजिनामा बुझाएका हुन्। त्यसको जानकारी केयु ट्रस्टी बोर्डलाई पनि दिइएको छ।

केही हप्ता यता काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिसिनको प्रवेश परीक्षामा भएका अनियमितताबारे अख्तियारले अनुसन्धान गरिरहेका समाचार मिडियामा आएका थिए।

‘प्राज्ञिक संस्थामाथि अख्तियारको हस्तक्षेप यत्रो प्रसंग बाहिर आउँदा स्वयं विश्वविद्यालयका पदाधिकारी भने मौन छन्’, उनले भने, ‘त्यस्तो संस्थामा मलाई बसिरहनु उपयुक्त लागेन।’
 

प्रकाशित: २१ असार २०७३ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App