सुर्खेत– एक वर्षअघि आगोमा जलेर घाइते भएका एक राउटे युवा मृत्युसँग संघर्ष गरिरहेका छन्। पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा जलेका १८ वर्षीय कपिल शाही उपचार नपाएर मृत्युसँग संघर्ष गरिरहेका हुन्। पाखुरा र ढाडको घाउ बल्झँदै पेटसम्म पुगेको छ।
पीडाले उनी रातदिन छटपटाइरहेका छन्। राउटे समुदायले कपिलको घाउलाई जडिबुटी लगाएर सन्चो पार्ने प्रयास गरेका थिए। जडिबुटीले सन्चो नभएपछि उनी अस्पतालमा उपचार गराउन राजी भएका छन्। अस्पतालसम्म लगेर उपचार गराउने राउटे समुदायसँग पैसा छैन। कपिल राउटे मुखिया वीरबहादुर शाहीका जेठा छोरा हुन्। केही दिनअघि राउटे बस्ती पुगेर फर्किएका फोटो पत्रकार किशोर शर्माको सुझाउपछि राउटे समुदाय कपिललाई अस्पतालसम्म पु¥याउन राजी भएको छ।
‘राउटे समुदाय हत्तपत्त अस्पताल पुग्दैन्’ उनले भने, ‘कपिल रातदिन छटपटाउन थालेपछि अस्पताल पु¥याउने सोचमा पुगेका छन्।’ शर्माका अनुसार एक वर्षअघि पाखुरा र ढाड जलेका कपिलको पेटसम्म घाउ पुगेको छ। ‘रात दिन चिच्याएर उनी छाप्रोमा बसिरहेका छन्, यताउता हिँडडुल गर्न पनि उनी सक्दैनन्’ शर्माले भने, ‘तत्काल सुविधासम्पन्न ठाउँमा पु¥याउन सके उनी बाँच्न सक्छन् ।’
राष्ट्रिय योजना आयोगका स्वयंसेवकसमेत रहेका धनबहादुर बुढाले कपिललाई जिल्ला स्वास्थ्य कार्यालय, अछामको सहयोगमा बयलपाटा अस्पताल लिन लागिएको बताए।
‘धेरै सम्झाई–बुझाई गरेपछि बाबुआमा पनि कपिललाई अस्पतालसम्म पु¥याउन सहमत भएका छन्,’ उनले भने, ‘हामी चाँडोभन्दा चाँडो अस्पताल पु¥याउने तयारीमा छौं।’
राउटे समुदायमा तीन जना मुखिया छन्। मुखियाहरु उपचारमा पठाउन राजी नहुँदा एक वर्षदेखि उनी छाप्रोमै थला परेका हुन्। गत वर्ष मंसिरको तेस्रो हप्ता बस्तीमा पुगेका उपराष्ट्रपति पुत्र दीपेश पुनले उपचारका लागि आफूसंग काठमाडौं पठाउन आग्रह गर्दा राउटे अगुवाहरुले अस्विकार गरेका थिए।
डाक्टरी उपचारमा विश्वास नगर्ने फिरन्ते राउटे समुदायका थुपै्र चिसोले बिरामी परेका छन्। मध्यपहाडी जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हाल अछामको नाडा गाविसस्थित कर्णाली नदी किनारमा छन्। राउटे समुदायक करिव एक सय ५० को हाराहारीमा छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत