१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा दुरविनबाट पाठेघरको सफल शल्यक्रिया

जुम्ला–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक दुरविनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ। चन्दननाथ नगरपालिका ४ सिमखाडा गाउँकी विष्णुकन्या उपाध्यायाको पहिलो पटक दुरविनबाट पाठेघरको अप्रेशन गरिएको हो। उनलाई दुई वर्षदेखि पाठेघरबाट रगत बगिरहने समस्या थियो।

पटक पटक अस्पतालमा चेकजाँच गरेर औषधि प्रयोग गर्दा निको नभएपछि सोमबार शिक्षण अस्पतालमा मेडिकल डाइरेक्टर निरेश थापासहितको टोलीले पहिलो पटक दुरविनबाट पाठेघरको सफल शल्यक्रिया गरेको हो।

शल्यक्रियापछि विष्णुकन्याले पेटभित्र पोको पारेर बोकेको रोगको डल्लो फयाक्न सफल भएको प्रतिक्रिया दिइन्। यो शल्यक्रिया काठमाडौंका केही अस्पताल बाहेक देशका अन्य अस्पतालमा अहिलेसम्म संभव थिएन। तर चिकित्सकको क्रियाशिलताले अप्रेशन सफल भएको शिक्षण अस्पतालले जनाएको छ । ल्याप्रोस्कोपी मेसिनले शल्यक्रिया गरिएको हो। सात महिना अघि मेसिन अस्पतालमा ल्याइएपनि पाटपुर्जा अभावका कारण शल्याक्रिया सेवा शुरु हुन सकेको थिएन। यसअघि पेट च्यातेर अप्रेशन भइरहेपनि यो पटक दुरविनका माध्यमबाट पाठेघरको शल्यक्रिया भएको मेडिकल डाइरेक्टर निरेश थापाले बताए।

पेटमा ५ एमएमको प्वाल पारेर यो अप्रेशन गर्न सकिने भएकोले छिट्टै डिस्चार्ज गर्न सकिने र बिरामीलाई पनि सहज हुने चिकित्सक बताउँछन। आइतबार साझ रगत बग्न नरोकिएपनि अस्पताल पुर्याइएपछि सोमबार शल्यक्रिया भयो। औषधिले ठिक नहुँदा निकै पीडा भइरहेको अनुभव सुनाउँदै विष्णुकन्याले भनिन्, ‘अप्रेशनपछि निकै राहत भयो।’ अहिले उनी हिडडुल गर्न सक्ने भएकी छिन्। पहिलो पटक दुरबिनबाट शल्यक्रिया गरिएकोले शिक्षण अस्पतालले उनको निःशुल्क रुपमा अप्रेशन गरेको डाक्टर थापाले जानकारी दिए।

 

प्रकाशित: २१ असार २०७३ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App