१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

गीती एल्बम 'युनिक' लिएर आए सुनिल

युवा गायक सुनिल राईले एकल गीतीएल्बम युनिक लिएर बजारमा आएका छन्। विकास चौधरीको एकल संगीत रहेको युनिक एल्बम मंगलबार संगीतकार लक्ष्मण शेषलगायत अतिथिहरुले लोकार्पण गरेका छन्। युनिक एल्बममा हरि उप्रेतीको शब्द रचनामा 'ह्याक भो', सबिना केसीको शब्द रचनामा 'सक्छौ होला', रोजी लावुङ्ग राईको शब्द रचनामा 'चौबन्दी चोलीमा', सागर मल्लको शब्द रचनामा 'मैले दिए माया', जानु काम्वाङ्ग लिंग्देनको शब्द रचनामा 'झुमौं' र यादव पुडासैनीको शब्द रचनामा 'सपना देख्नु' समावेश छन्।

झापाबाट संगीतकै लागि काठमाडौं आइपुगेका राईले संगीतकार विकास चौधरीसँगै संगीत सिकेको बताए। उनै गुरुको एकल संगीतमा गीत गाउन पाउँदा निकै खुसी लागेको उनले बताए। उनले कार्यक्रममा युनिक एल्बममा समावेश गीत गराएर मनोरञ्जन प्रदान गरेका थिए।

शान्ति इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा सगरमाथा वेसक्याम्पमा अवार्डको आयोजना गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल आरके सुवेदीलाई शान्ति इन्टरटेन्मेन्टको तर्फबाट २५ हजार नगदसहित सम्मान गरिएको थियो। सो अवसरमा सुवेदीले विसं २०७५ मा ५ हजार तीन सय फिटमा अवार्डको आयोजना गर्न लागेको बताए।

कार्यक्रमममा प्रमुख अतिथि लक्ष्मण शेषले युवा गायक सुनिल राई अविरल रुपमा सांगीतिक क्षेत्रमा आउनुपर्ने बताए। पहिलो एल्बम नै निक्कै राम्रो गरेकाले गायक राईबाट आफू आशावादी रहेको उनको भनाई थियो। कार्यक्रममा लक्ष्मण शेषको अलावा महेश खड्का, उदय सुब्बा, ज्ञानेन्द्र गदाल, उतम केसी, ओम प्रतिक, ज्ञानेन्द्र देउजा, मिलन मोक्तान, ज्योति पोख्रेल, सुमन वैरागी, सानुकाजी श्रेष्ठ, मदन चौधरी, रामलाल चौधरी, आरके सुवेदी, मिन सागर लामा, इन्द्र जिजी बिषालगायत अतिथिले सुनिल राईलाई शुभकामना दिएका थिए।

प्रकाशित: ५ माघ २०७३ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App