१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारत निकासी गर्न लागिएको चाइनिज मोवाइल जफत

सर्लाही–सर्लाहीको त्रिभुवन नगरबाट भारततर्फ लैजादै गरिएको ठूलो परिमाणको चाइनिज इन्टेक्स मोवाइल प्रहरीले नियन्त्रणमा लिएको छ।

भारततर्फ लैजान राखिएको त्रिभुवननगर–३ स्थित ६५ वर्षीया शैली देवीको घरबाट ३ हजार १ सय ८९ थान चाइनिज इन्टेक्स मोवाइल सोमबार साँझ बरामद गरिएको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए।

बरामद गरिएको मोवाइलको बजार मूल्य ४५ लाख १४ हजार रहेको जनाइएको छ। आवश्यक अनुसन्धानका लागि बरामद गरिएको मोवाइल मंगलबार जिल्ला भन्सार कार्यालय मलंगवा, सर्लाहीमा बुझाइएको प्रहरी नायव उपरीक्षक रिजालले बताए।

प्रकाशित: ४ माघ २०७३ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App