३ पुस २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

विपन्न परिवारलाई चामल र नगद सहयोग

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका– ५ मा लकडाउनबाट प्रभावितहरुलाई नगद राहत बाडिएको छ। गैरसरकारी संस्थाको सहयोगमा सो वडामा नगदै राहत बाडिएको हो। विश्वभर फैलिएको कोरोना भाइरस रोथामका लागि सरकारले देशभर लकडाउन गरेपछि त्यसबाट प्रभावित भएर दैनिक ज्यालादारी गर्ने गरिब तथा विपन्न परिवारलाई राहत दिने कार्यक्रम अन्र्तगत वडा कार्यालयले नगद नै दिएको हो।  

प्लान नेपाल र रेडक्रसको सहयोगमा वडाका एक सय २७ जनालाई नगद राहत उपलब्ध गराइएको कमलामाई नगरपालिका वडा नं. ५ का वडा सचिव उज्ज्वलविक्रम थापाले जनाए। प्रतिपरिवार २७ सय ३० रुपैयाँका दरले नगद वितरण गरिएको वडासचिव थापाले जनाए। ‘एनजिओको सहयोग पाएपछि हामीले नगदै राहत बाँडेका हौं , उनले भने, त्यहि हामीले दिएको नगदबाट खाद्यन्न किनेर खान भनेका छौ।’ कमलामाई नगरपालिका भित्र राहतका अनेक रुप देखा पर्न थालेका छन्। वडा नं. ५ मा नगद राहत वितरण गरेपनि अन्य वडामा खाद्यन्ननै वितरण गरिएको छ

। वडा नं. ६ का वडा सचिव उज्जलकुमार थापाका अनुसार नगरपालिकाकै निर्णय अनुसार दुई जना मात्र भएको परिवारलाई दश किलो चामल र दुई जना भन्दा बढी परिवार भएकालाई २० किलो चामल सहितको प्याकेज वितरण गरिएको छ। गैरसरकारी संस्थाले सहयोग गरेको ठाँउमा हामीले नगद वितरण गरेका हौं , अन्य ठाँउमा खाद्यन्न सहितको राहत प्याकेज वितरण गरेका छौं, कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले भने, सानो दुई जनाको मात्रै परिवारलाई १० केजी चामल सहितको प्याकेज थियो भने त्यसभन्दा माथि परिवार संख्या भएकालाई २० केजी चामल सहितको प्याकेज दिने निर्णय भएको थियो, सोही अनुसार वितरण गरेका हौ, नगरप्रमुख खत्रीले नागरिकसँग भने। 

उता नगरपालिकाले वितरण गरेको राहतमा जनप्रतिनिधिलेनै असन्तुष्टि जनाएका छन्। नगरपालिकाले पहिलो चरणमा वितरण गरेको राहतमा नगरपालिकामा छलफलनै नगरी मेयर राहत प्याकेज नाम राखेर वितरण गरेको भन्दै वडा नं. ४ का वडाअध्यक्ष महेन्द्रप्रसाद ढकालले असन्तुष्टि जनाए। 

प्रकाशित: ५ वैशाख २०७७ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App