२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं- काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बुधबार आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय ९८ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए।

 मंगलबार अपार्टमेन्टमा बस्ने तीजनामा आरडीटी पोजेटिभ आएपछि थप पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा दुई जनाको नेगेटिभ देखिएको थियो। यस्तै एक जनाको बुधबार पुनः परीक्षण गर्दा समेत नेगेटिभ आएको उनले बताए। पोजेटिभ देखिएका व्यक्तिहरुको सहयोगिको रुपमा काम गर्नेहरुको समेत पीसीआर प्रविधिबाट परीक्षण गर्न नमुना लिइएको उनले बताए।  

पछिल्लो २४ घण्टामा पीसीआर प्रविधिबाट गरिएका कुनैपनि परीक्षणमा कोरोना भाइरसको संक्रमण नभेटिएको प्रवक्ता देवकोटाले बताए। सरकारले परीक्षणको दायरा फराकिलो बनाउँदै पछिल्लो  २४ घण्टामा २ हजार ८ सय ९४ कुल परीक्षण गरिएको उनले जानकारी  दिए। यस्तै बुधबारसम्म स्वाव नमुना परीक्षण (पीसीआर) विधिबाट ६ हजार ८ सय ७१ जनाको परीक्षण गरिएको छ। -यापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ८ हजार ९ सय २९ वटा परीक्षण भएका छन्। अहिले सम्म कुल १५ हजार ८ सय परीक्षण भएको प्रवक्ता देवकोटाको भनाइ छ।

यस्तै विदेशबाट आएका व्यक्तिहरुको र्यापिड किटबाट परीक्षणगर्ने कार्यलाई तिब्रता दिएको समेत प्रवक्ता देवकोटाले बताए। अहिलेसम्म ¥यापिड किटबाट परीक्षण गर्न १४ वटा जिल्ला बाँकी रहेको उनले बताए।
 प्रदेश १ मा ७ वटा जिल्ला, प्रदेश २ मा ३  वटा जिल्ला, गण्डकी प्रदेशमा १ वटा जिल्ला, प्रदेश ५ मा १ वटा र कर्णाली प्रदेशमा २ वटा जिल्लामा परीक्षण गर्ने व्यवस्था मिलाउन आझै बाँकी रहेको उनले बताए।

बागमती प्रदेश र सूदुरपश्चिम प्रदेशका सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण गर्ने व्यवस्था भइसकेको छ। यस्तै विभिन्न ठाउँबाट -यापिड किटबाट गरिएको परीक्षणमा पोजेटिभ भएको रिपोर्ट आएको र त्यसको पीसीआर प्रविधिबाट परीक्षण गरेपछि आएको रिपोर्टलाई सार्वजनिक गरिने समेत उनले बताए।

अहिले देशभर ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ११ र उपत्यकाबाहिर १ सय ६ गरी कुल १ सय १७ जना आइसोलेसनमा रहेका छन्। यस्तै कलसेन्टरमा पछिल्लो २४ घण्टामा आएका २ हजार ६ सय ३८ जनाको गुनासो सम्बोधन गरेको समेत प्रवक्ता देवकोटाले बताए। यस्तै गत २४ घण्टामा आफ्नो स्वास्थ्यको १ हजार १ सय ८२ जनाले स्वमुल्याङ्कन गरेको र अहिले सम्म १७ हजार ६ सय ३० जनाले आफ्नो स्वास्थ्यको स्वमुल्याङ्कन गरेका छन्।

प्रकाशित: ३ वैशाख २०७७ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App