१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धावनमार्गमा कुकुर छिर्दा जहाज अवतरण हुन सकेन

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा एकै पटक तीनवटा कुकुर देखा परेपछि अवतरण गर्न आइरहेको एयर एसियाको जहाज ‘ओभरसुट’ गरेको छ।

विमानस्थल टावरले धावनमार्ग छेउ कुकुरको हुल देखेपछि एयर एसियाको जहाजलाई अवतरण नगर्न निर्देशन दिएको थियो। सो जहाज अवतरणका लागि कोटेश्वरको आकासमाथि आइसकेको थियो। टावरको निर्देशन लगत्तै फेरि उचाइ लिँदै अकासिएको थियो।

विमानस्थल टावरले धावनमार्ग छेउ कुकुरको हुल देखेपछि एयर एसियाको जहाजलाई अवतरण नगर्न निर्देशन दिएको थियो। सो जहाज अवतरणका लागि कोटेश्वरको आकासमाथि आइसकेको थियो। टावरको निर्देशन लगत्तै फेरि उचाइ लिँदै अकासिएको थियो। मलेसियाको क्वालालम्पुरबाट आएको सो जहाज अवतरण प्रयासमा छ।

विमानस्थलमा कुकुर प्रवेशको घटनाले नयाँ दिल्लीबाट अाएका एयर इन्डिया तथा जेट एयरवेजको जहाजको पनि उडान प्रभावित भएको छ।

‘धावनमार्ग छेउमा तीन वटा कुकुर देखिएपछि टावरले एयर एसियाको जहाजलाई अवतरण नगर्न भन्यो’, विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले नागरिकन्युजसँग भने, ‘त्यसपछि हाम्रा शिकारीले गोली हानेर एउटा कुकुरलाई मारिदिएका छन्। अरुको खोजी भइरहेको छ।’ विमानस्थल सुचारु रहेको उनले जानकारी दिए। 

सम्भावित दुर्घटनाबाट जोगिन कुकुरलाई मार्नु परेको उनले बताए। धावनमार्गमा बेलाबेला कुकुर, बाँदर, चराले उडान–अवतरणमा अवरोध गर्ने हुँदा तिनलाई हटाउन विमानस्थल व्यवस्थापनले सिकारीको व्यवस्था गरेको छ।

 

 

प्रकाशित: २ माघ २०७३ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App