१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने सरकारको निर्णय

काठमाडौं- सरकारले शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ। लगातारको लकडाउनका कारण मानिसहरु हिँडेरै काठमाडौं छाड्न थालेपछि सरकारले यस्तो निर्णय गरेको हो। बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयहरुको बैठकले शुक्रबार र शनिबार दुई दिन काठमाडौं उपत्यका बाहिर जान दिने निर्णय गरेको हो।

चैत ११ गतेदेखि लगातार लकडाउन भएपछि काठमाडौं उपत्यकाबाट कयौं मानिस रातारात हिँडेरै उपत्यका छाड्न थालेपछि सरकार उक्त निर्णय गर्न बाध्य भएको हो। तर उपत्यका बाहिरबाट काठमाडौं आउन भने नदिइने बताइएको छ।

प्रकाशित: २७ चैत्र २०७६ १०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App