२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भारतबाट आएका युवाको स्वाब परीक्षणका लागि पोखरा पठाइयो

म्याग्दी- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा बेनी नगरपालिकाका एक युवाको स्वाब परीक्षणको लागि बिहीबार पोखरा पठाइएको छ।

रोजगारको सिलसिलामा भारतबाट आएका युवाको कोरोनाको संक्रमणसँग मिल्ने लक्षण देखिएपछि ‘स्वाब’ पोखरा पठाइएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। ‘दुई दिनअगाडी सम्पर्कमा आएका थिए,‘उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै आइसोलेसन वार्डमा राखिएको थियो’ अध्यक्ष कटुवालले भने उनका अनुसार बिरामीको स्वाब परीक्षणका लागि एम्बुलेन्सबाट गण्डकी प्रदेशको कोरोनाको नमुना परीक्षण केन्द्रमा पठाइएको छ।

बिरामीको रिपोर्ट नआएसम्म आइसोलेसन वार्डमै राखेर उपचार गरिने जनाइएको छ। म्याग्दीबाट यसअगाडी तीनवटा स्वाब परीक्षणको लागि पठाइएकोमा तीनवटै नमुनाको नेगेटिभ रिपोर्ट आएको थियो।

 

 

प्रकाशित: २७ चैत्र २०७६ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App