१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वर्ल्डलिंकको विशेष व्यवस्था

काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको विशेष व्यवस्थाले लकडाउनको बेला भरपर्दो सेवा प्रवाह गर्न देशभरका प्रत्येक शाखा कार्यालयमा फिल्ड सपोर्टका कर्मचारी रहने गरी आइसोलेटेड समूह स्थापना गरेको जनाएको छ।

महामारीबाट आफ्ना फिल्ड सपोर्टका कर्मचारी एवं उनीका परिवार एवं आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी कम्पनीले शाखा कार्यालयमै सपोर्ट टिमको लागि खान बस्नको राम्रो व्यवस्था मिलाई सेवा प्रवाह गर्दै आएको जनाएको छ।कम्पनीले यस कार्यमा खटिने फिल्ड सपोर्टका कर्मचारीको स्वास्थ्य सुरक्षालाई ख्याल राखी समय समयमा स्वास्थ्य चेकजाँच, पिपिई सेट र पर्याप्त मात्रामा सेफ्टी किटको प्रबन्ध मिलाएको समेत जानकारी गराइएको छ।

साथै, कम्पनीले कोभिड–१९ बिरामीको सम्पर्कमा रहेका मानिस राख्दै आएको केही क्वारेन्टाइन स्थलमा समेत इन्टरनेट सेवा प्रदान गर्न सफल भइसकेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ चैत्र २०७६ १८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App