१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक दुर्घटनामा एकको मृत्यु

विराटनगर-मोरङको विराटनगरस्थित विद्युत् प्राधिकरण कार्यालय नजिकै आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर–८ बस्ने ३५ वर्षीय मनिस दुगड रहेका छन् । दक्षिणतर्फ जाँदै गरेको सशस्त्र प्रहरी बलको बा१ग १८७३ नंको गाडीलाई उत्तरतर्फ जाँदै गरेको को१त ६५८४ नंको मोटरसाइकलले उछिन्न खोज्दा गाडीमा ठक्कर लागेर मोटरसाइकल चालक दुगडको मृत्यु भएको स्थानीयले बताएका छन् ।

उत्तरतर्फ जाँदै गरेको बा१ग १८७३ नंको ट्र्याक्टरका कारण दुर्घटना भएको आशङ्का रहेको भन्दै दुर्घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: २९ पुस २०७३ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App