१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको आशंकामा डोटीबाट दुईको स्वाब पठाइयो

जिल्ला अस्पताल डोटी । तस्बिरः अरूण/नागरिक

डोटी- कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा डोटीका दुई जनाको ‘थ्रोट स्वाब’ परीक्षणका लागि धनगढी पठाइएको छ। दिपायल सिलगढी नगरपालिकाका १८ वर्ष र २० वर्षको उमेरका दुई जनाको स्वाब मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको जिल्ला अस्पताल डोटीले जनाएको छ।

दुबैजना युवाहरु भारतबाट आएको अस्पताल स्रोतले जनाएको छ। उनीहरु दुबैजना नेपाल आएको १८ दिन भएको जानकारी प्राप्त भएको अस्पतालका नायब सुब्बा लोकेन्द्र बिष्टले जानकारी दिए। उनका अनुसार १८ वर्षिय युवा भारतको राजस्थान र २० वर्षिय युवा भारतको वैंङ्गलोरबाट आएका हुन्।

उनीहरुमा कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि स्वाब पठाइएको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. ज्योती पाण्डेले जानकारी दिइन्। ‘रुघाखोकीको लक्षण पाइएको छ। तर समस्या खास्सै जटिल छैन,’ उनले भनिन्,‘दुबै जनालाई अहिले आइसोलेसनमा राखेका छौ।’

डोटीबाट यसअघि तीन जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो। तीनैजनाको नतिजा ‘नेगेटिभ’ आएको थियो।


 

प्रकाशित: २५ चैत्र २०७६ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App