१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्वारेन्टाइनमै बिसु पर्व

सीमावर्ती झुलाघाटमा क्वारेन्टाइनमा बसेका नेपाली नागरिक । तस्बिर सौजन्यः लक्ष्मण पार्की

बैतडी- नयाँ वर्षसँगै बैशाख १ गते सुदूरपश्चिमेलीहरुले बिसु पर्व धुमधामसँग मनाउने गरेका छन्। लकडाउनकै कारण सीमानाका नखुल्दा सीमा पारी भारतको विभिन्न क्वारेन्टाइनमा बसेका नेपाली नागरिक बिसु क्वारेन्टाइनमा मनाउनु पर्ने बाध्यतताले चिन्तित छन्।

वर्षको एकपटक मनाउने चाडपर्वमा पनि परिवारबाट टाढा हुँदा नियास्रो लाग्ने गरेको क्वारेन्टाइनमा बसेकाहरुले बताएका छन्। यो वर्ष विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) कै कारण बिसु पर्व खल्लो हुने भएको छ। बैतडीका ग्रामीण क्षेत्रका अधिकांश सर्वसाधारण गहुँ छरेर रोजगारीका लागि सीमावर्ती भारतको पिथौरागढ र आसपास जाने गर्दछन्। उनीहरू हरेक वर्ष नयाँ वर्ष अर्थात बिसुका लागि घर फर्कने गर्दछन्। तर यो वर्ष कोरोनाका कारण परदेशी घर फर्कन नपाएपछि गाउँमा पनि बिसु खल्लो हुने भएको छ।

कोरोना भाइरसका कारण स्वदेश फर्कन नपाएपछि गाउँमा बिसु मनाउने धोको अधुरो रहेको मजदुहरुले बताएका छन्। पुर्चौडी नगरपालिका–५, भुमिराजका हरिभान साउँद एक सातादेखि सीमावर्ती भारतको क्वारेन्टाइनमा छन्। बिसुकै लागि घर फर्कन लाग्दा सीमानाका बन्द भएपछि उनी झुलाघाटको क्वारेन्टाइनमा बस्न बाध्य भएका छन्। भारतको पिथौरागढमा मजदुरी गर्दे आएका उनी मात्र होइन दुई सय ३७ जना सीमा पारी भारतका विद्यालयमा कोचिएर बस्नुपरिरहेका छ।

यो वर्ष बिसुका लागि घर फर्कन नपाउँदा नरमाइलो लागेको धार्चुलको क्वारेन्टाइनमा बसेका पुर्चौडी नगरपालिका–५, भटनाका दीपक धानुकले बताए। ‘यो वर्ष क्वारेन्टाइनमा बिसु बनाउनु पर्ने भयो,’  यहाँ बसेका धेरै जनाका छोराछोरी बिसुमा नयाँ लुगा र मिठो खानेकुराको प्रतिक्षामा होलान तर, हामी यहाँ भेडाबाख्रा झै कोच्चिएर बस्न बाध्य छौं। बिसुको समयमा राम्रो लगाउने मिठोमसिनो खाने, घरपरिवारसँग बस्ने मन भएको भए पनि कोरोनाको जोखिमले भारतमै बस्नु परेको उनीहरुको गुनासो छ।

बिसुका लागि घर फर्कने तयारी गरेका धेरै जना सीमा नाकामा छन्। आफूहरुलाई विदेशी भूमिमा बसोबासको निकै समस्या भएको उनीहरुले बताएका छन्। नेपालमा लकडाउन भए पनि भारतमा काम गर्ने मजदुरका लागि सीमा नाका खुल्छ भन्ने उनको मनमा आसमा रहेका उनीहरु समस्यामा छन्।

सीमानाका नखुल्दा ट्युव, डुंगा र नदीमा पौडेर गाउँ पुगे पनि धेरै जना भने सीमामै फसेका छन्। भारतबाट फर्केका सुदूरपश्चिमका दुई जनामा कोरोना भाइरस भएको पुष्ठी भएपछि सीमा खुल्ने संभावना पनि घट्दै गएको छ। सीमा नाका नखुल्दा यो वर्षको बिसु यही क्वारेन्टाइनमा बित्ने पुर्चौडी नगपालिका–३, लक्ष्मण पार्कीले बताए।

पुर्चौंडी नगरपालिका–३ न्वादेउका लोकेन्द्र पार्की पनि तीन महिनाअघि मात्रै घरबाट कामका लागि भारतको पिथौरागढ गएका हुन्। आमाबुवासँग बिसुका लागि घर फर्कने वाचासहित उनी परदेश निस्किएका थिए। तर कोरोनाले उनको सबै योजना भताभुंग बनाउको छ। ‘घरमा आमाबुवा जसरी पनि बिसुका लागि आइजा भन्छन्। आफू यहाँ एउटा विद्यालयको साँघुरो कोठामा पेटभरि खान नपाएर बिताइरहेको छु।’

जामिरपानीस्थित एक विद्यालयमा ८४ जना नेपाली मजदुर दुई कोठमा कोचिएर बस्ने गरेका छन्। भुँइमा आफूसँग भएको कपडा बिछ्याएर एकै कोठामा कोचिएर बसेका हुन्। भारत सरकारले चामल दिने गरेको छ। सामूहिक खाना पकाएर खाने गरेका छन्।

 

प्रकाशित: २५ चैत्र २०७६ ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App