१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राज्यमन्त्रीबाट बिरामीलाई घरमै अक्सिजन सिलिण्डर

फाइल तस्बिर : नागरिक

काठमाडाैँ - अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ। 

निमोनिया र दमकी बिरामी ७३ वर्षीया जसुदा भण्डारीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउन सहजीकरण गरिएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए। लकडाउनका कारण समस्यामा परेका वृद्धवृद्धाका लागि आवश्यक औषधिलगायतका प्रबन्ध मिलाउन सचिवालयले सहजीकरण गरिरहेको छ, उनले भने। लकडाउन अवधिभरका लागि जोहो गरिएको अक्सिजन सिलिण्डर रित्तो हुँदै गएपछि कपन, गार्मेन्ट चोककी भण्डारीको छटपटी निकै बढेको थियो। एक सिलिन्डर मेडिकल अक्सिजनको प्रबन्धका लागि उनका आफन्तले विभिन्न प्रयास गरे पनि सिलिन्डर उपलब्ध नहुँदा बिरामीसहित उनको परिवारलाई चिन्ता बढेको थियो। 

भण्डारी परिवारका एक आफन्तले  राज्यमन्त्री  मानन्धरलाई समस्या सुनाउन सुझाए। सुझावअनुसार नै भण्डारी परिवारले आफूहरुको समस्या राज्यमन्त्रीलाई सुनाए।  उनीहरुले राज्यमन्त्रीलाई टेलिफोनमार्फत निमोनिया र दमको बिरामी आमाका लागि राखिएको अक्सिजन सिलिण्डर सकिएको तर नयाँ पाउन नसकिएको जानकारी गराएलगत्तै राज्यमन्त्री मानन्धरले आफ्नो सचिवालयमार्फत बिरामीको घरसम्म अक्सिजन सिलिण्डर पुर्‍याइदिएका थिए। रासस 

 

प्रकाशित: २५ चैत्र २०७६ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App