१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रोल्पा नगरपालिकामा राहत वितरण सुरु

रोल्पा- कोरोना भाइरस संक्रमणलाई रोक्न राज्यले गरेको लकडाउनको समयमा सकसमा परेका अति बिपन्न र मजदुरी गरेर जीवन चलाउनेहरुलाई रोल्पा नगरपालिकाले राहत वितरण सुरु गरेको छ। नगर प्रमुख पुर्ण केसिका अनुसार नगरपालिकाका १० वटै वडाबाट राहत वितरण सुरु गरिएको हो। मंगलबार सदरमुकाम लिवाङमा प्रदेससभाका सदस्य दिपेन्द्रकुमार पुनले राहत वितरणको औपचारीक सुरुवात गरे।

सोमबार जनप्रतिनिधि, दलका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, आमा समूह लगायतको छलफलबाट अति बिपन्न र समस्यामा परेकाहरुको छनौट गरीएको थियो। जस अनुसार १० वटै वडामा करिब २ सय ८० घरधुरीलाई राहत दिईने छ। सोही निर्णय अनुसार प्रतिव्यक्ति ३ केजीका दरले चामल, १ केजि नुन, आधि लिटर तेल, १ केजि दाल वितरण गरिएको वडा न. ४ का अध्यक्ष नवराज आचार्यले बताए।

दैनिक मजदुरी गरेर खाने मधेशमुलका बासीन्दाहरुसँगै विभिन्न कारणले सदरमुकाम लिबाङमा बस्दै आएकाहरु सबैलाई राहत वितरण सुरु गरिएको छ। रोल्पा नगरपालिका वडा नम्बर १ मा ३६ घरधुरी, २ मा ६० घरधुरी, ३ मा २१ घरधुरी, ६ मा १७ घरधुरी, ८ मा १३ घरधुरी, ९ मा १४ घरधुरी छनौट भएका छन् भने वडा नम्बर ५ र १० मा पनि अति बिपन्न र गरिब घरधुरी छनौट भईरहेको छ।

राहत वितरणका लागि नगरपालिकाले १ सय क्वीन्टल चामल, ५ क्वीन्टल दाल, ५ क्वीन्टल नुन, ५ सय लिटर तेल खरिद गरेर सबै वडाहरुमा पुर्‍याईएको नगर प्रमुख पूर्ण केसीले बताए। देशमा लकडाउनको समय बढेपछि रोल्पा नगरपालिकाले आफ्ना जनताका लागि राहत प्रकृया अगाडी बढाएको बताएको हो। नगरपालिकाका अनुसार प्रत्येक वडामा कोरोना सम्बन्धी सचेतनामुलक अभियानहरु सञ्चालन भैरहेका छन्।

 

प्रकाशित: २५ चैत्र २०७६ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App