१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालोबजारी आरोपमा जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं- शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक  सुलभ अग्रवाल पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले कालोबजारीको आरोपमा उनलाई नक्सालबाट पक्राउ गरेको हो।

उनलाई ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोप छ। ५ हजारमा पाइने थर्मल गन उनले १५ हजारसम्ममा बेचेको आरोप छ।

उनको सवारी साधनबाट ६७ वटा थर्मल गन समेत प्रहरीले बरामद गरेको छ। उनले कुटनीतिक नियोगको निलो प्लेटको गाडी प्रयोग गरेका थिए। कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारीका लागि २०९८ सीसी वान नम्बरको गाडी प्रयोग गरेका थिए। 

प्रकाशित: २५ चैत्र २०७६ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App