१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट बालकको मृत्यु

चितवन– माडी नगरपालिका–११ खरकट्टामा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पिसाब फेर्न घरबाहिर निस्किएका अमृत सुनारका १३ वर्षीय छोरा सागर सुनारको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

बिहान २ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ । शवपरीक्षणका लागि भरतपुर ल्याइँदैछ ।

यसअघि गत मङ्गलबार जङ्गली हात्तीकै आक्रमणबाट सौराहाको हात्तीसारमा एक भारतीय पर्यटकको पनि मृत्यु भएको थियो । रासस
 

प्रकाशित: २९ पुस २०७३ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App